राम्रो प्रस्तुति “म त नेपालकी छोरी हु”(भिडियो सहित)

1 0



      नेपालदृष्टि । आधुनिक गीतहरुका आ–आफ्ना बिशेषता हुन्छन । कसैले कसैसँग माया पिरती लगाउँने आग्रहमा दौडधुप गर्दछन भने कसैले बिछोडमा यिबोगका गीत गाएर प्रेमिकालाई फेरी माया गासिदेउ भनेर आग्रह गर्दछन । लगभग बजारमा आईरहेका प्राय - यस्तै भावनाहरुले लोतपोत भएका आधुनिक म्यूजिक भिडियोहरु देख्न र सुन्न पाईन्छन । 

     तर हालसालै युट्युवबाट बजारमा सार्बजनि भएको “म त नेपालकी छोरी हु” बोलको आधुनि गीतको म्यूजिक भिडियो पृथक शैलीबाट देख्न र सुन्न पाईन्छ ।

मनमा राखेका धेरै देश प्रेमका कुराहरुलाई खोतल्ने प्रयासमा कुनै पनि  युवतीलको लवाजमा नभई भावनात्मकरुपमा देशको माया दर्शाउँन गरिएको संवादलाई निकै मिठास र रोचक तरिकाले युवा गायिका तृष्णा खड्काले गाएकी छन ।

       गायिका कुशल मोडल पनि हुन । उनले लगभग पचाँस भन्दा बढि म्यूजिक भिडियोमा कुशल अभिनय गरिसकेकी छन ।
 शब्द– दिपेन्द्र खड्काको रहेको उक्त म्यूजिक भिडियोमा संगीत दिएका छन दिपक रमणले भने शेज थापाले सम्पादन गरेका छन । तृष्णा फिल्मस् एण्ड म्यूजिकको प्रस्तुति तथा निमार्ण रहेको सो म्यूजिक भिडियोको संजय हमालको एरेन्ज रहेको छ ।  साधना सानु

“म त नेपालकी छोरी हु”भिडियो