उपकुलपतिमा डा.जगमान गुरुङ

0 0



नेपालदृष्टि । राम्रा हैन हाम्रा मान्छे नियुक्त गर्ने हुँदा छयालिसपछिका अधिकांश सरकारी नियुक्ति विवादमा परिरहेका बेला नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. जगमान गुरुङको नियुक्ति अपवाद बन्न पुगेको छ । डा। गुरुङ साच्चै प्राज्ञ भन्न लायक एकजना संस्कृतिविद् हुनुहुन्छ ।

गुरुङको नियुक्तिमा कुलपति गंगाप्रसाद उप्रेती, संस्कृति मन्त्री रवीन्द्र अधिकारी वा प्रधानमन्त्री केपी शर्मा ओली जजसले भूमिका खेल्नु भयो उहाँहरू सबै प्रसंशालायक हुनुहुन्छ । यो सरकारले अन्य नियुक्ति पनि दल र नेताको नजिकका मान्छे नहेरी योग्यता र दक्षताका आधारमा गर्ने परम्परा बसालोस् । ब्याकुल पाठक (अमेरिका)