कांग्रेस आफ्नै कारणले कठिन अवस्थामा गुज्रिरहेको छ

२०७५ पौष ९, सोमबार

1 0


 
     ९ पौष,नेपालदृष्टि । इतिहासको विभिन्‍न कालखण्डमा प्रजातन्त्रको निमित्त नेतृत्वकारी भूमिका निर्वाह गरेको कांग्रेस अहिले आफ्नै अकर्मण्यताको परिणामबाट पिडित तथा मेलमिलापको संकटमा परेको देखिन्छ ।
      “ बि पि कोईराला, गणेशमान सिंह, सुवर्ण शमसेर र कृष्णप्रसाद भट्टराईले प्रतिपादन गरेको विचार, मान्यता र नीतिलाई नेपाली कांग्रेसको समकालिन नेतृत्वले पूर्णरुपमा तिलाञ्जली दिदै आ–आफ्नो स्वर्थको लागि आरोप प्रत्यारोपमा रुमलिएको छ । भन्नु पर्दा, ‘नेपाली कांग्रेस अहिले सैद्धान्तिक विचलन मात्र होईन तिव्र गुटबन्दीको शिकार र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा भ्रष्टाचारको दलदलमा भासिएको छ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा ईतिहास बदल्न सक्ने साहस, क्षमता र दूरगामी सोचाईको सर्वथा अभाव रहेको छ, । तर पनि सम्भावित नयाँपीढिको नेतृत्वले यसलाइ केहि सुध्रितकरण गर्ने छ भन्ने मैले आशा लिएको छु ।” मोरङ २ का राप्रपाका क्षेत्रिय अध्यक्ष टेकनाथ घिमिरे बताउँनुहुन्छ ।  
     

“अहिले हामी जुन कांग्रेसको अवस्थालाई देखिराखेका छौ,–जस्तै स्पष्ट नीति र निर्देशनबीहीन भैराखेको छ । जसका कारण नेपाली कांग्रेस झण्डै झण्डै इतिहासकै कमजोर विन्दुमा पुगेको अनुमान गर्न सकिन्छ ।

हामीले देखिरहेका छौ,  अहिले कांग्रेस, विपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको सिद्धान्त त्यागेर गुटको दलदलमा फसेको छ । मुल नेतृत्वको फितलो कार्यन्यनले  नेपाली कांग्रेस ईतिहास कै सर्वाधिक कठिन घडिबाट गुज्रिरहेको पनि हामीले देखिरहेका छौ ।“ घिमिरे पुन बताउँनुहुन्छ । 

नेपाली कांग्रेसको सम्पन्न महासमिति बैठकले पारित गरेको विधानको संशोधनले पार्टी नेतृत्वलाई बन्धक बनाउने बाटोमा लग्न सक्ने कतिपय विश्लेषकले बताएका छन्।

नौ दिनसम्म चलेको बैठक पदाधिकारीको सङ्ख्या र त्यसमा सभापतिलाई दिइने मनोनयन अधिकारको विषय सबैभन्दा बढी पेचिलो बनेका थिए।


सभापति शेरबहादुर देउवा अन्तिम अवस्थामा आफ्नो अडानबाट पछि हटेपछि कोषाध्यक्ष बाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने भएका हुन्।    –सोम सानु