प्रधानाध्यापक र पूर्वप्रधानाध्यापकलाई अख्तियारले समात्यो

२०७५ मंसिर २६, बुधबार

0 0


 

      २६ मंसिर,नेपालदृष्टि । रुपन्देहीको जोगडास्थित जोगडा माध्यमिक विद्यालयका प्रधानाध्यापक निजामुद्दिन खाँले विद्यालयमा विज्ञान सामग्री खरिद गर्न निकासा भएको रकमबाट दुई लाख ५१ हजार भ्रष्टाचार गरेको र जोगडा माविका पूर्व प्रधानाध्यापक जैस मुहम्मदलाई ३३१ दिनको नक्कली हाजिर गरेकोमा भ्रष्टाचार सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

     भ्रष्टाचार गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । नीमाथि दुई लाख ३८ हजार बराबरको भ्रष्टाचार गरेको भन्दै मुद्दा दयार गरिएको हो । 

यसमा ६ देखि १८ महिनासम्म कैद सजाय र दुरुपयोग भएको रकम असूल उपर गरिने कानूनी व्यवस्था छ । जोगडा माविका पूर्व प्रधानाध्यापक जैस मुहम्मदलाई ३३१ दिनको नक्कली हाजिर गरेको आयोगको ठहर छ 

सरकारी वा सार्वजनिक संस्थाको कागजातको नोक्सान गर्नेलाई भने ६ महिनादेखि एकवर्षसम्म कैद, दश हजार रुपैयाँदेखि पचास जहार रुपैयाँसम्म जरिवाना र क्षती पुगेको रकम असुल उपर गरिने प्रावधान रहेको छ ।