प्रबन्ध निर्देशक गोयल पक्राउ,अध्यक्षसहित ५ जना अझै फरार

1 0



 ५० करोडसम्म बिगो दाबी पुग्ने हाम्रो अनुमान छ 

 नेपालदृष्टि । काठमाडौंको धर्मपथमा रहेको एयरटेल सहकारी संस्थाका बचतकर्ताको ८ करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा प्रहरीले प्रबन्ध निर्देशक अशोक गोयललाई पक्राउ गरेको छ ।उनि धनुषा घर भइ काठमाडौं बस्दै आएका हुन ।

 गायलकी श्रीमती सुमन केडियासहित घटनामा संलग्न ५ जना अझै फरार छन् । उनलाई न्यूरोडबाट पक्राउ गरी ठगी मुद्दामा ५ दिनलाई म्याद लिएर छानबिन भइरहेको छ ।


      
 रकम जम्मा गर्ने पनि दुई किसिमका व्यक्तिहरु देखिन्छन्’, स्रोतले भन्यो, ‘एक प्रकारकाले ५र१० लाख राखेका छन् भने अर्का किसिमकाले ठूल्ठूलो एमाउन्टमा रकम राखेका छन् । एउटै व्यक्तिले ३–४ करोड राखेको पनि भेटिएको छ ।’
    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले पीडितहरुले प्रहरीमा किटानी जाहेरी दिएपछि अनुसन्धान थालिएको पुष्टि गरे ।