सडकका भित्तामा रंगीन चित्ररु किन बनाईदै छन

२०७५ मंसिर १४, शुक्रबार

2 0



      

नेपालदृष्टि । काठमाडौ लगायत देशका केहि मूख्य शहरहरुमा पर्खालमा तस्विर बनाउने अभियान सुरु गरिएको छ । अभियान अन्र्तगत बाल अधिकार, महिला हिंसा, मानव अधिकार तथा पर्यावरण वातावरण संरक्षण लगायतका मुद्दालाई गम्भीरताका साथ उठाइएको छ । पर्खालहरु रंगीन थालेपछि सर्वसाधरणका लागि निकै चासोको विषय समेत बनेको छ ।

काठमाडौं र ललितपुरका विभिन्न सडकछेउका भित्तामा पछिल्लो समय यस्ता चित्र प्रशस्त देखिन थालेका छन्। झट्ट हेर्दा भित्ता सिँगार्न खोजेजस्ता देखिने यी चित्र नियाल्ने हो भने, हरेकले कथा भनिरहेको छ। कथाले हामीलाई कल्पनाको दुनियाँमा पुर्याउँछ। हिँड्दा हिँड्दै केही बेर चित्रभित्र पसेर घोत्लिन बाध्य बनाउँछ।

राजनीतिक दलका नाराले भरिने चितवनका पर्खालहरु अव सृजनात्मक कलाले भरिन थालेका छन् । आम सारोकारका विषयमा चित्र मार्फत सन्देश दिन अक्षर समूह चितवनको अगुवाईमा पनि भित्तामा कला नाम दिएर चित्रकला बनाउन सुरु गरिएको छ 

कुनै बेला यिनै भित्ता राजनीतिक नाराहरूले भरिएका हुन्थे। एउटा पार्टीको आमसभा छ भने त्यही पार्टीका नाराले सहरका भित्ता रंगिन्थे। पछि अर्को पार्टीको सभा हुन्थ्यो। उसले पुराना नारा मेटेर नयाँ कोर्थ्यो । गालीगलौचपूर्ण यस्ता नाराले भित्ता फोहोर। कति ठाउँमा अर्धनग्न चित्रसहितका । सहर फोहोर।

काठमाडौंमा सन् २०११ देखि ग्राफिटी बनाउने क्रम सुरु भएको । यसको श्रेय अमेरिकी कलाकार ब्रुनो लेभीलाई जान्छ। उनले काठमाडौंमा ‘द बिगफुट’ प्रोजेक्ट गरेपछि ग्राफिटी विस्तार भएको हो।
 

थोरै भए पनि सडक वरिपरिको यो दृश्यमा परिवर्तनको सुरुआत हुँदैछ। अचेल सडक किनारका थुप्रै भित्तामा हेरूँ हेरूँ लाग्ने कलात्मक चित्रहरू छन्। रोकिएर सेल्फी खिचुँ जस्तो।