इन्धन बोक्ने ट्यांकरमा लागु औषधको कारोबार

1 0


लागु औषध नियन्त्रण ब्यूरोका निमित्त प्रमुख एसएसपी विश्वराज पोखरेलले भने–“चिप्पड सहित हामीले  ट्यांकर चालकलाई नियन्त्रणमा लिएका छौं ।”

   नेपालदृष्टि । रमनटारबाट रक्सौलतर्फ इन्धन भर्न जाँदै गरेको ट्यांकरबाट ठूलो परिमाणमा गाँजाको चिप्पडहर प्रहरीले बरामद गरेको छ । ना.४ ख ३९६९ नम्बरका ट्यांकर रोकेर चेकजाँच गर्ने क्रममा २९५ किलो गाँजाको चिप्पड फेला परेको थियो । विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले ट्यांकर चालक बाराको जितपुर सिमरा उप–महानगरपालिका–२२ स्थायी घर भएका प्रल्हाद ठकुरीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद गरिएको उक्त चिप्पडको बजार मूल्य करिब ४५ लाख हुन आउँछ ।

 

 तस्वीरः राजेश भण्डारी(रातोपाटी)

गाँजा तस्करहरुले तेलको ट्यांकरमा लुकाएर मकवानपुर हुँदै भारतिय सिमावर्ती बजार रक्सौलम्म लगेबापत करिव ४० हजार कमिशन पाउने