भारतको तलंगनामा बस दुर्घटना हुँदा ५३ को मृत्यु

२०७५ भाद्र २७, बुधबार

0 0


 मुख्यमन्त्री चन्द्रशेखर रावले मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।


नेपालदृष्टि ।भारतको कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको बस तलंगनामादुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।बसमा ८६ जना सवार थिए ।
    बीबीसीका अनुसार दुर्घटनाग्रस्त बस अक्टुबर २००७ मा किनिएको थियो र यो करिब १४ लाख ५० हजार किलोमिटर गुडिसकेको थियो ।  यो दुर्घटनापछि परिवहन निगमका १४ लाख किलोमिटर भन्दा बढी चलिसकेका गाडीलाई चलाउन बन्देज गर्न निर्देशन दिइएको छ ।
  राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गरेका छन् ।