‘चङ्गा चेट’(नौ गीतका भिडियो सहित)

सोम सानू

6 1


   ९ साउन,नेपालदृष्टि । एक कार्येक्रमको बीच नेपाली चलचित्र ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी, मेलिना राई र गृष्मा सिवाकोटीको स्वर रहेको उक्त गीतमा राजनराज आफैले संगीत दिएका छन् भने शब्द हरिहर तिमल्सिनाको रहेको छ । चलचित्रको उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज, सन्दीप श्रेत्री, सुरक्षा पन्त, रविन्द्र झा र परमिता राणाले अभिनय गरेका छन ।
     प्रदीप भारद्धाजको कथा रहेको  यस चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त लगानी रहेको छ भने चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन बनेको हो। प्रिन्सेस मुभिजको ब्यानरमा तयार भएको चलचित्र डार्क कमेडीमा बनेको ।


      गीतका साथै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको यस चलचित्र कार्तिकको १६ गते प्रदर्शन हुने भएको छ । चलचित्रमा प्रियंका, आयुष्मान, परमिता, रविन्द्र, सुरक्षाको साथमा अर्पण थापा, शिशिर बंगडेल, सरिता गिरी, पुष्कर गुरुङ, बेनिशा हमाल लगायत कलाकारको अभिनय रहेको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको यो भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । चलचित्रमा दिर्घ खड्काको सम्पादन, निरज कँडेलको छायांकन छ । 

 

 

 

चलचित्र निर्माता माधव वाग्ले

 



       नक्कली नोट सहित पक्राउ परेका चलचित्र निर्माता माधव वाग्ले २५ लाख धरौटी तिरेर हालै बाहिर आएका छन्। निर्माता वाग्लेले नक्कली नोट प्रकरणको विषयमा मुख खोलेका छन्। चलचित्र ‘चङ्गा चेट’को गीतको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफूले नक्कली पैसा नछापेको बताएका छन्। गत जेठमा नेपाली नक्कली नोट सहित चलचित्र निर्माता वाग्ले पक्राउ परेका थिए। उनले हाल अदालतमा मुद्धा चलिरहेको बताउँदै ‘न्याय’ पाउनेमा विश्वास व्यक्त गरेका छन्। निर्माता वाग्लेलाई प्रहरीले २ करोड ५२ लाख रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको थियो।