पटकपटक आफ्नै गीत सुनेर रोएकीछु

सोम सानू

२०७५ भाद्र ४, सोमबार

6 0


    नेपालदृष्टि ।  नेपाली गायिकाहरु मध्ये अति चर्चित र ब्यस्त गायिका हुन अञ्जु पन्त  । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये “न बिर्सें तिमीलाई” “म तिमी बिना मरीहाल्छु” “भुन भुन बोल्यो भमरा” आदि रहेका छन् । उनले हालसम्म तीसवटा भन्दा बढि नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादुले भरिसकेकी छिन् ।
 

        सन् १९७७ जन्मिएकी अञ्जु पन्त पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ  फफिर्ङका विष्णु पन्तकी छोरी हुन । उनी  सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।“न बिर्से तिमीलाई” उनको सर्वप्रिय गीत हो । उक्त गीत मोबाइलमा २८ हजार पटक डाउनलोड भएको छ , जसलाई मोबाइलबाट डाउनलोड गरिएको सर्वाधिक गीत को रुपमा मान्न सकिन्छ ।
    लगभग ६ हजार भन्दा बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि पटकपटक आफ्नै गीत सुनेर रोएकी छन्  । 

https://www.youtube.com/watch?v=J4lWQMaEPwE

     प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् उनी । “तिम्रो आँखामा”बोलको गीत रेकर्डिङ गर्दै गर्दा उनको आँखाबाट आँसु झरेको थियो । अहिले सिंगल छिन् 
अन्जु तर, उनले आफूलाई सिंगल महसुस गरेकी छैनन् । 

 
अञ्जु पन्त व्यक्तिगत जीवन 

        राजेश पायल राई र अञ्जु पन्त, सिड्नीमा साङ्गीतिक प्रस्तुति दिदै ०५२–०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा “मनवा मन नै योगी बनाऊ” बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी ९परिशोतिका० छिन्र यी गायिका इसाई धर्म मान्छिन् ।
विवादहरू 
२०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि सामाजिक सन्जालहरूमा उनको व्यापक आलोचना भएको थियो ।पछि उनले उक्त आरोप अस्विकार गर्दै आफूले बिरामी भएर उक्त गीत नगाएको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो धर्म हिन्दुबाट परिवर्तन गरेर ईसाई बनेकी छिन्।
अवार्डहरू 
२००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौं संस्करणमा उनले उत्कृष्ट गायिका, बर्षको उत्कृष्ट रेकर्डेड गीत “नबिर्से तिमीलाई ,नपाए तिमीलाई”सहित अधिकांश अवार्डहरू जितेकी थिइन्

(भिडियो हेर्नुहोस)

 

गीत  
सोचे जस्तो हुन्न जीवन.....
मनपर्ने गीतहरू त धेरै छन् तर गायिका स्व। तारादेवीले गाउनुभएको यो गीत सबैभन्दा बढी मनपर्छ। यो गीतमा जीवनको सत्यता वर्णन गरिएको छ।
लचित्र 
 झोला, मैले पछिल्लो पटक हेरेको यो चलचित्रमा नारीको पीडालाई नजिकबाट नियालिएको छ। यो चलचित्रको परिवेश र अहिलेको परिवेशमा के मात्र फरक छ भने त्यतिबेला नारीलाई जिउँदै प्रत्यक्ष् रूपमा जलाइन्थ्यो, अहिले भने अप्रत्यक्ष रूपमा पटक(पटक जलाइन्छ। ‘झोला’ का कलाकारले त्यतिबेलाको परिवेशलाई जीवन्त बनाएका छन्।
अभिनेता 
सौगात मल्ल र विराज भट्ट, यी दुवै अभिनेताले गर्ने अभिनय प्राकृतिक हुन्छ। यसबाहेक उहाँहरू हरेक प्रकारका भूमिकामा
फिट हुनुहुन्छ।
अभिनेत्री 
 माला सिन्हा र गौरी मल्ल, उहाँहरूको अभिनयमा जादु छ। सुख होस् अथवा दुःख, हरेक प्रकारका भावमा उत्कृष्ट अभिनय गर्न सक्नुहुन्छ।   
संगीतकार   
गोपाल योञ्जन र रञ्जित गजमेर
उहाँहरूको संगीत सुन्दै हुर्किएकाले होला, अहिले पनि म फुर्सदमा ती गीत सुनेर रमाउँछु।
गीतकार 
 किरण खरेल, उहाँका शब्दमा यथार्थता पाइन्छ अनि ती शब्दमा गीत गाउँदाको आनन्द नै बेग्लै हुन्छ।
पुस्तक
 मुनामदन,एक–अर्कामा अगाध प्रेम, विश्वास, सम्मान अनि समर्पणको भावना जगाउने भएकाले यो पुस्तक मनपर्छ।
खाना
 खाना नेपाली, नेपाली खानामा पनि गुन्द्रुकको झोल अनि गोलभेंडामा टिम्बुर मिसाएर बनाइएको अचार, लोकल कुखुराको झोल र च्याउको कुनै पनि परिकार साह्रै मनपर्छ।
ठाउँ
 पोखरा र धरान, यी दुई स्थानमा म जति पटक पुगे पनि रमाउँछु। पोखराको सौन्दर्यले मोहित बनाउँछ भने धरानको सरसफाइले जो कसैको मन जित्छ।
पहिरन
 गाउन, लगाउन सजिलो भएर मात्र होइन यो पहिरनमा म स्मार्ट पनि देखिन्छु जस्तो लाग्छ।
मौसम
 गर्मी, गला र शरीरलाई उत्तम हुने भएकाले होला मलाई जाडोभन्दा गर्मी मौसम नै मनपर्छ।
रंग
 रातो र सेतो, प्रेमको प्रतीक भएकाले होला मेरा अधिकांश पहिरन रातै रंगका छन्। सेतो रंग पवित्रता र शान्तिको प्रतीक हो। यो रंग पनि मलाई उत्तिकै प्रिय छ।  (तपाईका सुझावसँगै फेरी भेटौला)

(नायिका श्वेता खड्कासँग अञ्जु पन्त)