पुलिस क्लबभित्रै धर्ना,३० चिकित्सक प्रहरी नियन्त्रणमा

२०७५ श्रावण १०, विहिबार

2 0


१०साउन,नेपालदृष्टि । डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ । प्रहरीले ३० भन्दा बढी स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ ।
विहीवार शिक्षण अस्पतालबाट आन्दोलनरत चिकित्सकको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो त्यसक्रममा चिकित्सक र प्रहरीबीच सामान्य झडप भएको छ ।


डाक्टरको पोशाकमा आन्दोनमा उत्रिएका चिकित्सकले डा। केसीको अनशनको समर्थन र सरकारको विरोधमा नारावाजी गरेका थिए भने विरोध लेखिएका प्लेकार्ड बोकेका थिए ।

चिकित्सा क्षेत्रको सुधारको माग गदै डा.गोविन्द केसी २७ दिन देखि आमरण अनशनमा बसेका छन् । उनको मागको सम्बोधनको लागि हिजो सरकारकासँग भएको वार्ता विना निष्कर्ष टुंगिएकोकुरा एसएन सवाल नेपालले लेखेको छ