राष्ट्र बैंक प्रदेशको बजेट अध्ययनमा व्यस्त (मौद्रिक नीति पर धकेलियो)

0 0


नेपालदृष्टि । नेपाल राष्ट्र बैंकले असारको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि तेस्रो साता लाग्दा समेत सार्वजनिक हुन सकिरहेको छैन  । केहि ढिला गरी सार्वजनिक हुन लागेको मौद्रिक नीति बारे यतिबेला बिभिन्न खालका टिकाटिप्पणी हुन थालेको छ ।  केहीले मौद्रिक नीतिको एक÷दुई  बुँदामा सहमति हुन सकिरहेको छैन भनिरहेका छन् भने कसैले  राष्ट्र बैंक आफैमा आन्तरिक समस्या रहेको अड्कल काटिरहेको छन् । 

तर, यता राष्ट्र बैंकले कुनै पनि आन्तरिक समस्या नभएको स्पष्ट पारेको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल पहिलेको भन्दा अहिले स्थिति फरक भएको र यसपटक नै सातै प्रदेशले आफ्नो आफ्नो बजेट पेश गरेकाले त्यसलाई पनि सहजता हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताउँछन् । 

उनका अनुसार अब राष्ट्र बैंकले एक पटक सातै वटा प्रदेशको बजेट अध्ययन गर्नेछ र सो बजेटमा छलफलपछि सम्भवतः यसै साताको अन्तिम वा आगामी साताको शुरुमै  मौद्रिक नीति सार्वजनिक हुनेछ । 

प्रवक्ता पौडेल भन्छन्,  ‘देश संघियतामा गएकोले एकपक्षलाई मात्र नभइ मौद्रिक नीतिले संघियताको मर्मलाई पनि बुझ्नुपर्ने हुन्छ । यसअघि गर्भनर सम्मेलनले पनि मौद्रिक नीति ल्याउन ढिला भएको हो । धेरै ढिला पनि भएको छैन तर यहाँ विभिन्न अड्कलबाजी शुरु भइसक्यो । मौद्रिक नीतिका लागि हरेक दिन काम भइरहेको छ । अब एक चरण प्रदेशको बजेटमा छलफल हुन्छ र सो पछि मौद्रिक नीति ल्याउँछौ ।’   

बैंक तथा वित्तिय क्षेत्र र सेयर बजार यतिबेला मौद्रिक नीतिको व्यग्र प्रतिक्षामा छन् । मौद्रिक नीति अन्तिम चरणमा  रहँदै गर्दा बैंकको ब्याजदर, बिग मर्जर लगायत विषयमा बहस चल्न शुरु भइसकेको छ भने यता निरन्तर ओरालो लागेको सेयर बजार पनि राष्ट्र बैंकले सेयर बजारका पक्षमा राष्ट्र बैंकले चाल्ने कदमलाई कुरेर बसेका छन् । 

मौद्रिक नीति बजेटलाई बजेटलाई कार्यान्वयन गर्ने गरी ल्याइन्छ । संघीय बजेट जेठ १५ गते नै  सार्वजनिक भइसकेको छ । बजेट आएको एक महिना बढी भइसक्दा पनि मौद्रिक नीति भने सार्वजनिक हुन सकेको छैन । मूल्य बृद्धि नियन्त्रणमा मौद्रिक नीतिको मूख्य भूमिका हुन्छ ।रातोपाटी 
+