जन्मोत्सवको अवसरमा प्रणामी मन्दिरलाई सहयोग

जनक ढकाल

0 0


   

मोरङको कानेपोखरी ६ मा रहेको श्री कृष्ण प्रणामी मन्दिरलाई स्थानिय रेवती प्रसाद रिजाल (दिपक) ले ७५ हजार बराबरको जिन्सी समान सहयोग गरेका छन।

 कानेपोखरी ६ मा रहेको कृष्ण प्रणामी मन्दिरको बृहत्तर हितका निम्ति स्थानिय कानेपोखरी ४ का रिजालले ७५ हजार बराबरको जिन्सी समान सहयोग गरेका हुन ।

  हाल बैदेशिक रोजगारीका लागि क्यानाडामा रहेका रिजालले आफ्नो जन्म दिनको अबशरमा मन्दिरलाई सहयोग स्वरुप १ थान साउण्ड सेट,१ थान हारमोनियम,१ थान पोडियम १ थान पानस लगायतका ७५ हजार बराबरको जिन्सी समान प्रदान गरेको रिजालले बताए ।

  आफ्नो जन्म दिनको अवसर पारेर आफ्नो कमाईको केहि हित्सा बार्षिक रुपमा बिभिन्न धार्मिक तथा समाजिक कार्यमा लगाउने गरेको रिजालले सुनाए । 

मन्दिरको ४४ औं बार्षिक उत्सवको अवसर पारेर रिजालले प्रदान गरेको समान उनकी आमा कला देवी रिजालले आज औपचारिक रुपमा मन्दिर समितिलाई हस्तान्तरण गरेको मन्दिर संचालक समितिका अध्यक्ष बुद्धराज पुडासैनीले बताए ।