किन रोक्यो आयोगले देउवाको डडेल्धुरा भ्रमण ? 

0 0


नेपालदृष्टि । प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेल्धुरा जाने तयारीमा थिए । तर, निर्वाचन आयोगले देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसारको लागि सरकारी खर्च र सुविधामा डडेल्धुरा जान खोजेपछि आयोगले यस्तो निर्देशन दिएको हो । उता, डडेल्धुरामा भने निर्वाचन प्रचारको लागि सबै कार्यक्रम तय भैसकेका छन् ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई जिल्ला जाँदा अनमुति लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । सरकारी सेवा तथा सुविधाको दुरुपयोग रोक्नको लागि आयोगले यस्तो कदम चालेको हो ।  - रिपोर्टर्स नेपाल