डडेल्धुराबाट चुनाव लड्न देउवालाई सकस

0 0


नेपालदृष्टि । आगामी निर्वाचनको लागि माधव नेपालको दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग नगर्ने भएपछि सत्ता गठबन्धनमा रहेका मुख्य दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच खटपट सुरु भएको छ । 

देउवाको मूख्य खतपटी भनेको डडेल्धुरामा सत्ता गठबन्धनमा भएको सहमति भंग हुन हो । सो जिल्लामा नेकपा (एस) कांग्रेस (बिपी) सँग सहकार्य गरेको छ र कांग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल देउवासँग प्रतिष्पर्धामा छन् ।

केन्द्रको सहमतिविपरित आफ्नो विरुद्धमा नेकपा (एस) लागेपछि देउवा माधव नेपालसँग आक्रोशित भएका छन् । देउवाले आफूलाई माधव नेपालले धोका दिएको बताउने गरेका छन् ।

देउवा डडेल्धुराबाट लगातार सात पटक चुनाव लड्दैछन् । डडेल्धुरामा प्रदेशसभाका दुई सिटमा एउटा माओवादी र अर्को नेकपा (एस) ले पाएको थियो । तर, नेकपा (एस) ले पाएको प्रदेशको एक सिटमा कांग्रेसले नै उम्मेदवार उठाएपछि सहमति भंग भएको हो । माधव नेपालले भने सहमति कार्यान्वयन गर्न जिल्लाका नेताहरुलाई दबाब दिएका थिए ।