चलचित्रमा छलाङ्ग मार्दै आयुश्मा कार्की

2 0


नेपालदृष्टि । थोरै समयमा नेपाली मोडलिंग क्षेत्रमा राम्रो प्रस्तुति देखाई सकेकी अहिलेकी ब्यस्ता तथा चर्चित मोडल हुन आयुश्मा कार्की । उनको रुप र प्रस्तुती कलाले एउटा कुशल नायिका बन्न सक्ने प्रसस्त सम्भावनहरु देखाउँछन । यसै क्रममा उनि अहिले “हराएको मान्छ” नामक टेलिश्रृखलाबाट आफ्नो अभिनय क्षमतालाई प्रस्फुटन गर्दैछिन । 

लगभग दुई दर्जन जति म्यूजिक भिडियोमा आफ्नो कुशल प्रस्तुति देखाई सकेकी मोडल कार्कीले “घर कता हो बैनि को” गीतको बोलको म्यूजिक भिडियोबाट हालै तेस्रो साधाना म्यूजिक अर्वाड २०७९ मा उत्कृष्ट मोडलको उपाधि प्राप्त गरिसकेकी छन । 

धेरै पुरस्कारहरुबाट सम्मानित आयुश्मा कार्की नेपाली चलचित्र क्षेत्रमा कुशल नायिकाको रुपमा धेरै नै सम्भावित बोकेकी एउटा कुशल,निष्ठावान र लगनशिल कलाकार हुन । 

उनको म्यूजिक भिडियो हेरेर उनलाई माया र भरोसा गर्ने उनका श्रोता दर्शकहरुलाई यही २०७९ सालको वडा दशैको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न कलाकार आयुश्मा चाहन्छिन ।

नेपाल विद्यार्थी संघले आयोजना गरेको एकल नृत्य प्रतियोगितामा उत्कृष्ट उपाधि ग्रहण गर्दै कलाकार आयुश्मा कार्की ।

(हेर्नुहोला म्यूजिक भिडियो)