कांग्रेसबाट पाँच जनाको नाम सिफारिस

1 0


नेपलादृष्टि । सत्ता गठबन्धनमा सहभागी दलहरूबीच सिट बाँडफाँडको टुंगो नलाग्दै नेपाली कांग्रेसले धमाधम उम्मेदवार सिफारिस गर्न थालेको छ ।

केन्द्रीय समितिको सर्कूलरअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस गर्न थालिएको नेताहरूले बताएका छन् ।

मोरङ क्षेत्र नं. ४ को बुधबार बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच जना र समानुपातिकतर्फ १५ जनाकोे नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेश आचार्य, दिलिप गच्छदार, अमृत अर्याल, गुरुराज घिमिरे र भीम पराजुलीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति विनोद बस्नेतले जानकारी दिए ।

यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ रामकृष्ण भट्टराई, इन्दिरा कार्की, दुर्गा कोइराला, सुची चौधरी, कविता सरदार, भोटनीदेवी खवास र मोहनलाल माझीको नाम सिफारिस गरिएको छ ।

यस्तै हरिप्रसाद न्यौपाने, उमावतीदेवी चौधरी, भक्तिनाथ माझी, प्रभाकर थापा, ज्ञानेन्द्र पौडेल, पवनकुमार सारडा, रामकुमार विश्वकर्मा र आमोद चौधरीको नाम पनि प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएको छ ।

सिफारिसमा परेका नामावली अब जिल्ला समितिमा पठाइने क्षेत्रीय सभापति बस्नेतले बताए । प्रदेशसभा सदस्यका लागि यसअघि नै नाम संकलन भइसकेको बताइएको छ । मोरङ क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ डा. सुनिल शर्माको नाम सिफारिस भइसकेको छ । - उद्घोष दैनिक