प्रतिनिधिसभातर्फ रिजाल, कोईराला र थापाको नाम सिफारिस 

0 0


नेपलदृष्टि । सरकारले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि २०७९ मङ्सिर ४ गतेको मिति तय गरेपछि यतिबेला चुनावी माहोल शुरु भइसकेको छ । निर्वाचन क्षेत्रबाट आंकाक्षीहरुको नाम यतिखेर धमाधम छनोट र दलबाट उम्मेदवार सिफारिस भईरहेका छन् । 

यसैक्रममा नेपाली काँग्रेस मोरङ क्षेत्र नं. २ “क” को बसेको बैठकले प्रदेशसभा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ । शिव नारायण सिंह गनगाँई, रविन राई, कन्हैयालाल राजवंशी, जीवन पनेरु, फडिन्द्र थापा र शान्तादेवी पौडेलको नाम सिफारिस गरेको जनाईएको छ । यस्तै प्रदेशसभा समानुपातिकतर्फ २१ जनाको नाम बैठकले सिफारिस गरेको छ ।

नेपाली काँग्रेस मोरङ क्षेत्र नं. २ क्षेत्रीय समितिकोको बैठकले प्रतिनिधिसभातर्फ मीनेन्द्र रिजाल, सुजाता कोईराला र गणेश थापाको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फबाट , फुलवती देवी गोडी, गुलाम उदीन मिँया, इन्दिरा अधिकारी, होमा देवी घिमिरे, कृष्ण प्रसाद वाग्ले, निरा कट्टेल, गोमा नेपाली, नारायणी देवी पण्डित, रामानन्द साह, जानकी कुमारी केवरत, शान्ति देवी राजवंशी, शन्तोलिया देवी माझ, थर्कबहादुर विश्वकर्मा, तिलाराम बस्नेत, खडानन्द न्यौपाने, साईस्ता प्रविण, गिरिजाप्रसाद यादव, विशाल गौतम, रमानाथ भट्टराई, शिवकुमार थापा र सम्पतलाल साहको नाम सिफारिस भएको छ।