सरकार र विद्यालय कर्मचारी परिषद वार्ता सुरु

0 0


नेपालदृष्टि। नेपाल विद्यालय कर्मचारी परिषद र सरकारबीच आजदेखि पहिलो चरणको वार्ता सुरु हुने भएको छ । बुधबारदेखि दुवैपक्षका टोलीबीच वार्ता हुन लागेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको पक्षबाट वार्ता टोली गठन भएको छ । त्यस्तै, परिषदको तर्फबाट ८ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।

परिषदले गत भदौ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको थियो । 

पहिलो चरणको वार्ता सुरु हुन लागेसँगै देशभरका विद्यालयमा पठनपाठन सञ्चालन हुने भएका छन् । समान तलव वृद्धि लगायतका मागहरु राख्दै कर्मचारीहरुले गत १ भदौदेखि आन्दोलन गर्दै आएका छन् ।   - रिपोर्टर्स नेपाल