उहाँको राजनीतिक यात्रा र योगदान

- सोम सानु

4 0


नेपालदृष्टि । अहिले नेपाली राजनीतिक क्षेत्रले एक बौद्धिक व्यक्तिलाई गुमाएको छ । समाजवादी चिन्तकका रूपमा परिचित एवं कांग्रेसका नेता प्रदीप गिरिको २०७९ साल भदौ ४ गते शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरि पाँच वर्षदेखि घाँटीको क्यान्सर रोगबाट पीडित रहेका थियो । भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा क्यान्सरको उपचार गराएर फर्किएपछि उनको छातीमा निमोनिया संक्रमण देखिएको थियो । त्यसपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

मैले उहाँको जीवनलाई नजिकबाट हेर्ने सौभाग्य पाएँ’, गिरिले २०७६ भदौ २४ गते प्रतिनिधिसभाको बैठकमा भनेका थिए,  ‘दुर्भाग्यवश, लामो समयसम्म हाम्रो पार्टीको शासन हुँदा पनि बीपीको विचारलाई समुचित स्थान दिन सकेनौं।’

गिरिले कांग्रेसका संस्थापक नेता बीपी कोइरालानिकटसमेत रहेका थिए। भारतको वनारसमा छात्र संघमा चुनाव लड्दादेखि उनले बीपीसँग सहयात्रा गरेका थिए। उनी २०२४ सालमा नेपाल छात्र संघ बनारसका उपाध्यक्ष निर्वाचित भएका थिए। ‘म ती थोरै सौभाग्यशाली युवकमध्ये हुँ। जसले उहाँसँग थोरै सहकार्य गर्ने मौका पायो। मैले उहाँको जीवनलाई नजिकबाट हेर्ने सौभाग्य पाएँ’, गिरिले २०७६ भदौ २४ गते प्रतिनिधिसभाको बैठकमा भनेका थिए,  ‘दुर्भाग्यवश, लामो समयसम्म हाम्रो पार्टीको शासन हुँदा पनि बीपीको विचारलाई समुचित स्थान दिन सकेनौं।’

कांग्रेसको राजनीतिमा रहे पनि गिरिले माक्र्सवादको अध्यतासँगै बौद्धिक नेताको छवि बनाएका थिए। राजनीतिका सबै तहका व्यक्तिमाझ उत्तिकै लोकप्रिय थिए । कम्युनिस्ट विचारधाराका नेता तथा कार्यकर्ताले पनि उत्तिकै सम्मानमा रहेक गिरी २०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बने । त्यस पछि गिरी २०५६ को चुनावमा पराजित पनि भए । २०६४ र २०७० को संविधानसभामा समानुपातिकबाट सभासद भए । संविधान लेखनमा योगदान गरे पनि संविधानमा हस्ताक्षर भने गरेनन् । 

गिरीले ०७४ मा प्रत्यक्षतर्फ चुनाव जिते। सांसद धेरै पटक भए पनि मन्त्री भने बनेनन्। पार्टीबाट उनलाई मन्त्रीको प्रस्ताव आए पनि त्यति चासो दिएनन् । त्यसो त उनी मन्त्री बन्नका लागि आफै पनि लालयित भएनन्। संसदमा मधेसी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर आवाज उठाए । 

‘राजनीतिमा बैचारिक दृढता र दूरदर्शिता व्यक्तित्व भएका गिरीलाई कम्युनिष्ट नेताहरूले माक्र्सवादका ज्ञाताका रूपमा हेर्ने गर्थे । माओवादी नेता देव गुरुङले भने, ‘कम्युनिष्ट साथीहरूलाई थाहा नभएको माक्र्सवाद प्रदीपजीले मन्थन गर्नुहुन्थ्यो। उहाँ माक्र्सवादको अध्यता हुनुहुन्थ्यो। त्यसो त गिरी माक्र्सवादका विद्यार्थी नै हुनुहुन्थ्यो। ‘गिरीले माक्र्सवादलाई बीपीले समेत मानेको भन्ने गर्नुहुन्थ्यो। माक्र्सवादको विचारसँग कोही तटस्थ बस्न नसक्ने  धारणासमेत राख्नुहुन्थ्यो।’

गिरी सिरहाको बस्तीपुरमा २००४ सालमा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका थिए। बुवाको राजनीतिक जीवनबाट प्रभावित भएर सानै उमेरमा उनी राजनीतिमा होमिएका थिए। 

प्रदीप गिरीले मन्त्री पद या नेपाली कांग्रेसको संगठनात्मक दायित्व लिने चाहना कहिल्यै राखेनन् । वास्तवमा २०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि मन्त्री परिषदमा सामेल हुन उनले गरेको आग्रहलाई गिरीले अस्वीकार गरेका थिए। चारपटक सांसद बनेका गिरीलाई ०६२र६३ पछि मन्त्री पदका अफर पाए । तर, स्वीकार गरेनन्। खास उनी मन्त्री बन्दा स्वतन्त्रता गुम्छ भन्ने डर मान्दथे । उनी भन्थे, ‘मन्त्री भएपछि मनले चाहेको गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ । व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ ।’ मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ । फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन। 

गिरीकाको अध्ययन, अनुसन्धान तथा लेखनमा अत्यन्तै रुचि थियो । त्यसैले उनी अध्ययन, अनुसन्धान र लेखनमा सदैव घोत्लिरहन्थे । उनले राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेलजीवन बिताएका थिए ।

दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने उनमा क्षमता थियो । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । हरेक राजनीतिक आन्दोलनमा उनको सक्रिय सहभागिता थियो । उनका लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

मलाई लाग्छ अरु केही नभए पनि चार दशकभन्दा लामो समयदेखि राजनीतिमा संलग्न गिरिले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्या उनुभएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । 

स्व. प्रदीप गिरीको पार्थिव शरीरलाई अन्तिम यात्राको तयारी गरिदै ।