धार्मिक पर्यटनको ठूलो सम्भावना हो सुनमहारानी मन्दिर

1 0


नेपालदृष्टि । पूर्वी मोरङको रतुवामाई नगरपालिका यस्तो नगरपालिका हो, जहाँ विभिन्न धार्मिक महत्व झल्काउने मठ मन्दिर, पोखरी र सिमसारहरू रहेका छन् । जसमध्ये रतुवामाई–९ धाद्रामा अवस्थित सुनमहारानी मन्दिर र यहाँ रहेको सिमसार क्षेत्र पनि एक हो । यस क्षेत्रलाई रतुवामाई नगरपालिकाको सहयोग र स्थानीय समाजसेवीहरूको पहलमा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिदै लगिएको छ ।

शान्त वातावरणमा रहेको सुनमहारानी देवीको मन्दिर र यहाँ रहेको सिमसार पोखरीले यसको छुट्टै महत्व राख्दछ । यहाँ रहेका सुनमहारानी मन्दिर, नाग मन्दिर तथा शान्त पोखरीको सुन्दर दृश्यले वातावरणलाई निकै रमाइलो बनाएको छ । त्यतिमात्र होइन मन्दिरको दक्षिण भागमा फैलिएको अर्धचन्द्र आकारको सिमसार पोखरीको सुन्दरताले यहाँ आउने जोसुकैलाई आनन्दको अनुभूति दिलाउँछ ।

यस सुनमहारानी देवीको उत्पत्तिको सम्बन्धमा आजभन्दा १ हजार ९ सय वर्ष अगाडि देवीको रूपमा उत्पत्ति भएकी हुन् । यिनलाई ताप्लेजुङकी पाथिभरादेवीकी साँइली बहिनीको रूपमा मानि ल्याएको छ । यहाँ पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने र परिवारमा सुख शान्ति आउने विश्वास गरिन्छ ।
विस्तृत जानकारीको लागि प्रत्यक्ष भिडियो हेर्नुहोला ।