पूर्वीजिल्लामा ६ रेक्टर स्केलको भूकम्प 

0 0


नेपालदृष्टि ।  खोटाङसहित पूर्वी पहाडी जिल्लामा ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु साकेला गाउँपालिका वडा नम्बर ४ मा रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिनुभएको छ । उक्त ठाउँमा २० वटाभन्दा धेरै घर चर्किएको र निरन्तर परकम्प गइरहेकाले त्यहाँका स्थानीय जनता त्रास र जोखिममा रहेको पनि उहाँले बताउँनुभयो । 

भूकम्पका कारण यातायात, सञ्चार, विद्युत् आपूर्तिमा कुनै समस्या नभएता पनि लगातार परकम्प गइरहेकाले जोखिम बढेको बताईन्छ ।  

सेढाईका अनुसार  जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, पालिका र वडाको समन्वयमा अहिले सुरक्षाकर्मी पनि प्रभावित ठाउँमा पुगेको छ । केही घटना भइहालेमा उद्धारका लागि आफूहरू तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।