भट्टराई र प्रचण्डको पार्टी एकता गर्ने मनसाय

0 0


नेपालदृष्टि । हिजो बुधवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन् ।

 तर भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताएका हुन । अहिले उनले प्रचण्डको यो प्रस्तावप्रति सकारात्मक सोच रहेको र छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

यता प्रचण्डले भनेका छन, अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं जसका कारण कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण पनि बन्छ । 
केही दिनदेखि यता प्रचण्डले डा. बाबुराम भट्टराई लगायतका अरु केही नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि डा. भट्टराईसँग भेट भएको कुरा बुझिएको छ ।