किन भेटघाटमै ब्यस्त प्रचण्ड ?

1 0


नेपालदृष्टि। शुक्रवार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाटमा व्यस्त छन् । अध्यक्ष प्रचण्डले आज शनिबार उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।
सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा शुक्रबार तीन दिने भ्रमणमा भारत पुगेका अध्यक्ष प्रचण्डले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, आजै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

 उपचारका लागि केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो ।
सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवा बिच भेटवार्ता भएको थियो ।  

प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।