“ओलीलेनै एसपीपी पनि अगाडि बढाएको हो”-गौतम

२०७९ असार ३, शुक्रबार

1 0


नेपालदृष्टि। राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकाको स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) तत्कालीन प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै अगाडि बढाएको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतम शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा अघि बढेको आफूले पाएको बताए ।

उनले भने, ‘जब एमालेका अध्यक्ष केपी ओलीले यो एसपीपी सम्झौता सुरु गर्नुभयो भन्ने विषय उठेपछि सुशील कोइरालाले हो भनियो । त्यसो भनेपछि म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको हो, म छैन भनेर म भन्दिनँ ।’

उनले सरकारमा सामेल भएपछि प्रधानमन्त्रीले गरेको काम र विचारसँग सहमत हुनुपर्ने भएर नै आफूमाथि पनि आरोप लाग्न सक्ने बताउँदै खोजी नीति गरेको बताए ।

नेता गौतमले कोइराला नेतृत्वको सरकारमा आफु पनि सहभागी भएको भन्दै कोइरालासँग आफुले कहिल्यै पनि मत नबझाएको बताए । उनले भने, ‘मैले उहाँसँग कहिल्यै मत बझाइन र उहाँले मसँग सल्लाह नगरी केही पनि राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका निर्णय गर्नुभएन, जानकारी दिनुभएन ।’ नेता गौतमले एसपीपीबारे प्रश्न उठिसकेपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई जवाफ दिनुपर्ने बताए । - दृष्टि न्यूज