रविन राई र रतुवामाई नगरको सम्वन्ध

1 0


नेपालदृष्टि । रविन राई रतुवामाई नगरपालिकाको नगर प्रमुख । सबैविच परिचित ब्यक्ति । नगरमा अरुको भन्दा नगर प्रमुुखको उम्मेदवारीमा उनको बढी चर्चा परिचर्चा हुनु स्वभाविकै हो । तर पनि पुनः नगर प्रमुख हुनुपर्छ भन्ने जनमानसको निर्कोलमा त्यस्तो के छ ? यो हामीविच एउटा सोचनिय प्रश्न बनेको छ । 

विद्यार्थी राजनीतिकदेखि नेपाली कांग्रेसमा आफ्नो लामो राजनीतिक यात्रा तय गरेर रतुवामाई नगरपालिकाको प्रमुखको हौसियतमा जनप्रतिनिधिको नेतृत्व गरिराखेका राईलाई राजनीतिक दृष्टिकोणको परिवेशमा नमुछेर मात्रै जनप्रतिनिधिको हैसियतले मूल्याकंन पनि त गर्न सकिन्छ । र यसरी मूल्याकंन गर्ने हो भने, आर्थिक,श्रोतका अति विपन्न गाउँपालिकाहरुलाई समेटेर बनेको यो नूतन रतुवामाई नगरपालिकाले यो अवस्था सम्म विकासका हरेक पक्षमा के कति छलाङ्ग माह्यो ? यो पनि सोचनिय पक्ष हो । 

मोरङकै धेरै क्षेत्रफल ओगटेको एक मात्र यो रतुवामाई नगरपालिकाभित्र उत्तर दक्षिणको उर्लावारीदेखि आपगाछीसम्म पिच बाटो भएको एक मात्र राजमार्ग थियो । त्यो  पनि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा बनेको थियो । त्यस पछि सडक, पुलको निर्माण कार्य लगभग ठप्पै भएको हामीले महसुस गरेकै कुरा हो । 
 
जव रतुवामाईको नामबाट नयाँ नगरपालिकाको नयाँ नेतृत्वमा नगर प्रमखको रुपमा रविन राई आए, तव नगरको आर्थिक श्रोत लगभग सून्य नै जस्तो थियो । नगरमा त्यस्तो ठुलो कुनै उद्योग,कलकारखानहरु छैनन् । नितान्त गाउँबाट विस्तारै सहरिकरण हुँदै छ । यो अवस्थामा यति ठुलो नगरपालिकाको नेतृत्व गर्नु चानचुने कुरा पनि होइन । यस्तो अवस्थामा नगरको ब्यक्तिगत पहल र समस्त नगरवासीहरुको सहयोगले भैतिक, सामाजिक, शिक्षा, खेलकूद र स्वास्थ्यमा निकै अगाडि बढ्दै आएको सबैले महसुस गर्दै आएका छौ । लगभग सबै वडामा सडक, पुल, बत्ति, स्वास्थ्य चौकी र स्कूलहरुको विकास र विस्तार भैराखेको नै छ । सामाजिकरुपमा कुनै जातजाति र वर्गको भेदभावविना जनताले पाउँनुपर्ने सुविधाबाट नगरवासीहरु बञ्चित नहुन भनि राई जनताको “घर दैलो अभियानमा” जुटेको हामीले देखिराखेका छौ । 

बिकाशोन्मुख अवस्थामा रहेको यो नगरपालिकामा विश्व महामारीको अवस्थामा फैलिएको कोरोना भाईरसले पनि ठूलो चुनौति थपिदियो । जसका कारण नगरमा एक किशिमको विकारल स्थितिको सृजना भयो । यस्तो अवस्थामा जनताको ज्यान र स्वास्थ्यको सुरक्षाको लागि नगरमानै छुट्टै कोभिड अस्पताल खोलियो । यस सुविधालाई फराकिलो बनाउँने क्रममा वडामा पनि विस्तार गरियो । यसरी नगरवासीको स्वास्थ्य सेवाका लागि खटिदा राई आफै पनि कोभिडबाट अछुतो रहेनन् ।
यसरी नगरबासी र नगरको लागि नयाँ सोच  र नयाँ उमंग बोकेर हिडेका रविन राई युवा बर्ग र विद्यार्थीहरुमा पनि उत्तिकै लोकप्रिय र आदरणीय ब्यक्तित्व बनेका छन । शिक्षा र खेलकूदबीचको सम्वन्धले युवा बर्गमा पर्ने मानसिक र शारीरिक स्वास्थ्यले अझ उर्जा दिन्छ भन्ने उदेश्यले राईले “खेलकूद नगर”को रुपमा हेरेका छन । नगरमा रहेका सबै वर्गलाई समानरुपले हेर्ने राई आदिवासी, जनजाति र विपन्न दलित वर्गप्रति शिक्षा, स्वास्थ्यमा बढी प्राथमिकता दिदै आएको पनि हामी विधितै छौ ।

हरेक कामको सरुवात सँगसँगै नेतृत्व पनि उत्तिकै गाह्रो कुरा हो । यसमा अलिकति पनि विचलित नभई धर्य र गौरवकासाँथ नगरको उन्नति र समृद्धिका लागि लागिपरेका रविन राईको योगदानलाई कुल्चिएर राजनीतिकरुपमा अवमूल्याकंन गर्नु अनुचित हुन्छ । 

आफुले बनाएका विकासका गोरेटाहरुमा हिड्दा उनलाई जति हेक्का,अनुभव र सहज हुन्छ, अरु नयाँलाई त्यो विकासको यात्रामा पक्कै पनि सहज नहोला । पुरा हुनुपर्ने धेरै अधुरा कामहरुले भने जस्तो पूर्णता पाउँन नसक्ला । यी यस्ता विविध कारणले होला सायद, पुनः राईनै नगर प्रमखुको नेतृत्वमा आउँनुपर्छ भन्ने जनमानसको निर्कोल होला । 

 

मोरङ जिल्ला पहिले देखिनै राजनीतिकको राजधानी मानिन्छ । त्यस भित्र धेरै नजिक भएका नगरहरु मध्ये रतुवामाई नगरपालिका जोडिन्छ । मोरंगका राजनीतिककर्मीहरुको अनुहार यस नगरमा प्रसस्त देखिनु नै यसको उदाहरण पनि मान्न सकिन्छ । यसको अर्थ रतुवामाई नगर राजनीतिक माहोलमा निकै अगाडि देखिन्छ । यहाँको राजनीतिक परिपेश केन्द्रसम्मको चासोको विषय बनेको छ । किन की नेपाली कांग्रेसका शिर्ष नेताहरु यही भूगोलबाट प्रधानमन्त्री,उपप्रधानमन्त्री र मन्त्री आदि धेरै जिम्मेवार पदमा पुगेका छन र पटक पटक दोहोरिरहेका पनि हामीलाई विदितै छ । 
यी यस्ता विविध कारणले अहिले रतुवामाई नगरको नगर प्रमुखको उम्मेदवारी छनौट पक्ष सम्शोधन प्रक्रियामा केही अलमल देखिन्छ । जसका कारण नेपाली कांग्रेसको विजयीमा केही धमिलोको संकेत देखिन्छ, की भन्ने प्रश्नहरु अहिले जनमानसमा प्रसस्त उठेका छन । 
रतुवामाई नगरका नेपाली कांग्रेसको विजयीलाई हेरी सम्भावित ब्यक्तिको चयन हुनुपर्छ भन्ने सबैको मान्यता रहेको छ । त्यस्तो ब्यक्ति को छ त रु भन्ने कुरा हामीले नगरभित्रका विभिन्न ब्यक्तिहरुसँग जिज्ञासा राखेका थियौ । प्रस्तुत छ त्यसको केही सम्पादीत अशं :
आफ्नो पक्षलाई स्वीर्कने बिपक्षीलाई विरोध गर्नु,अस्वीकार्नु राजनीतिक आचरणनै हो । अझ भन्नुपर्दा विपक्षीको धर्म नै हो । जो पदमा छ, त्यसको राम्रो नराम्रो आलोचना हुन स्वाभाविक नै हो । त्यसैले रविन राईको आलोचना हुनु पनि स्वाभाविक नै हो । त्यसलाई नै मात्र आधार बनाएर नराम्रो चाहि भन्न मिल्दैन । मैले उहाँसँग धेरै कामको सिलसिलामा भेटेको छु । उहाँले मलाई राजनीतिक विभेद पटक्कै गर्नु भएन । उहाँले मलाई थोर बहु चिन्नु पनि हुन्छ । मात्र उहाँले जनप्रतिनिधिको हिसावमा मेरो कामहरु गरिदिनुभयो । त्यस दिनदेखि मैले उहाँलाई राम्रो मान्छेको रुपमा मानेको छु। म जस्तो उप्रतिको विरोधी मान्छे त अहिले उसलाई विश्वास र भरोसा गर्न थाले भन्ने मलाई लाग्छ, रविन राई नगरमा विश्वासिलो र लोकप्रिय छन । त्यसैले कांग्रेसभित्र उहाँकै बढी विजयीको सम्भावना देख्छु ।
-रामबहादुर विष्ट, रतुवामाई नगरपालिका वडा नं.१०
 
अहिले पार्टी भन्दा पनि सही ब्यक्तिको उम्मेदवारीको चयन हुनुपर्यो । जसमा राजनीतिक गर्ने मात्र होइन “लिडर सिप” गर्ने क्षमता पनि हुनुपर्यो । त्यस्तो ब्यक्ति मैले रविन राईलाई नै देख्छु । उसको एउटा बानी के छ भने, सबैलाई एउटै ब्यवहार गर्ने । उसले कसैलाई राजनीतिक विभेदको ब्यवहार गरेको मैले देखिन । वास्तवमा हामीलाई यस्तै जनप्रतिनिधिको आवश्यकता छ । 
    -मिठास राई (कान्छो),रतुावमाई नगरपालिका वडा नं.९
 
हामीले उसलाई प्रत्यक्ष भेट्न सकेका थिएनौ । तर अस्ति हाम्रो मन्दिर बनाउँदा उहाकै अफिसमा भेटेके थियो । चिया ख्वाएर हामीलाई सम्मान गरो । अनि हाम्रो काम पनि गरिदियो । उसको ब्यवहार देखेर हाम्रो दिल खुस भयो । उ धेरै राम्रो मान्छे छ । उ नगरको ठूलो मान्छेको लागि ठिक छ । हामी अव उसैलाई भोट दिन्छ । उसले हाम्रो मन जितिहालेको छ । 
    -नरदेव किस्कु,  रतुवामाई नगरपालिका वडा नं.८
 
हाम्रो लागि धेरै गरेको छ उसले । जाडोमा कपडा दिएको छ । अस्ती भर्खर स्वास्थ्य विमा पनि गरिदियो । हामीलाई पैसा लागेन । अहिले सम्म कुनै नेताले हामीलाई यसरी घरमा आएर सहयोग गरेको छैन । तर उसले ९रविन राई० हामीलाई धेरै सहयोग गर्यो र पछि पनि उसैले गर्छ जस्तो हामीलाई भरोसा छ । हामी खुुस छ । उसको लागि हामी जसरी पनि भोट दिन्छ । 
   -झुमा हेमरम, रतुवामाई नगरपालिका वडा नं.८
 
रविन राईले नेपाली कांग्रेसको तर्फबाट टिकट पाउँन सकेनन् भने मेयर पदमा एमालेको विजय निश्चित जस्तै छ । किन की उसको जनतासँग काम गर्ने तरिका अलग छ । जसका कारण उ जनतासँग निकै लोकप्रिय छन । 
कुमार उप्रेती, रतुवामाई नगरपालिका वडा नं.६
 
बोल्न सक्ने, नरिसाई काम मिलाउँन सक्ने र उत्तिकै खट्न पनि सक्ने रविन राई जतिको मैले अरु कोही देखेको छैन । कोरोनाको बेला मैले उसको त्यो बानी देखेको थिए । हुन त उनी पनि कोरोनाबाट अछुतो रहेनन् । सायद, यही कारणले पनि हुन सक्छ । विरोध गर्नेले जति बिरोध गरे पनि उसको धेरै राम्रा बानी ब्यवहारहरु छन । जसका कारण उनको नगरमा लोकप्रिय राम्रो छ ।  उनिप्रति जनताले विश्वास पनि गरेका छन । त्यसैले उनको विजय निश्चित जस्तै छ । 
  ( ओमलाल निरौला,रतुवामाई नगरपालिका वडा नं.५
 
यो पार्टी त्यो पाटी नभन्ने । अझ ब्यक्ति हिसाव भन्नाले मधेसे पहाडे भनिन्छ,त्यस्तो विभेद उसमा पटक्कै छैन । सबैमा समान ब्यवहार । उसको यही गुणले नगरमा उसलाई सबैले विश्वास गर्दछन । त्यसैले रविन राईको ठाँउ अरुले लिन सक्दैन । 
   -हरिलाल ताजपुरिया, रतुवामाई नगरपालिका वडा नं.५
 
काम लिएर जादा झिनो पटक्कै नमान्ने । काम सानो होस,ठूलो होस,मिल्ने सम्म मिलाई दिने । आले टाले नगर्ने । उसको यो ब्यवहारले धेरैको मन जितेको छ । भोटको कुरा गर्दा उसलाई जुनसुकै पार्टीको मान्छेले पनि एक चोटीलाई भोट दिन्छन ।
   
- रामबहादुर रसाईली, रतुवामाई नगरपालिका वडा नं.७
 
जसले जति विरोध गरेपनि निश्पक्षरुपमा हेर्ने हो भने नगरमा प्रसस्तै विकासका कामहरु भएका छन । यही सिजुवा हेरौ, पहिले कस्तो थियो, अहिले कस्तो भयो । यहाँ नगरपालिका नवसेको भए,यो ठाँउ पुरै अन्धकार हुने थियो । यो सवै रविन राईकै देने हो । हाम्रो क्षेत्रबाट रविन राईलाई आँखा चिम्लिएर भोट दिन्छन । तर अरु उठेमा म यसै भन्न सक्दिन । 

 -दिपकबहादुर कार्की,रतुवामाई नगरपालिका वडा नं.७
 

     

क्रमश : बिपन्न परिवारलाई न्यानोलुगा वितरण गर्दै । विपन्न दलित तथा आदिवासी परिवारलाई स्वास्थ्य विमा कार्ड प्रदान गर्दै । किसानलाई पावर टिलर रिपट  वितरण गर्दै । आपत्तकालिन काममा सरिक हुँर्दै र नगरपालिकाको