“रतुवामाईमा कम्यूनिष्ट आकाशबाट झरेको हो ?”-नेता न्यौपाने

1 0


नेपालदृष्टि । एमालेको स्वतन्त्र उम्मेदवारको तर्फबाट भोट माग्दै गरेका नेकपा एमालेका पुराना नेता खेमप्रसाद न्यौपानेलाई “नक्सालबादी” भनेको केहो भनेर सोध्दा ? उनि भन्द्छन,“यो २०२६ सालतिरको कुरा हो । त्यस बेला झापाको गैरादहमा यही नक्सालबादी समूहबाट हामीले कम्यूनिष्ट आन्दोलन सुरु गरेका थियौ । लगभग यो आन्दोलनले हाम्रो भेगमा पनि प्रभाव पारेको थियो । रातभरी नेपालको वारीपट्टी आन्दोलन गर्ने र दिउरो पारी ईण्डियाको नस्कालमा गएर लुक्ने । यसो भएकोले हामीलाई नक्सालबादी भनेका हुन ।  

यसरी अहिलेको समग्रह रतुवामाईमा कम्यूनिष्टको विजारोपन गर्ने अग्रज नेता न्यौपानेलाई रतुवामाईका त परै जाओस वडाका टाठा बाठा हुँ भन्ने कम्यूनिष्ट नेताले समेतले पनि उनलाई सोध पुछ त परै जाओस ठाडै तेरो उम्मेदवारीले यहाँ केही अर्थ राख्दैन भनेपछि उनको मन साह्रै दुःखेको उनि बताउँछन । उनलाई वडामा टिकट लिई जितिहालौ भन्ने त्यत्रो महत्वकांक्षी पनि होइन । 

“आफू यस क्षेत्रको कम्यूनिष्ट आन्दोलनको पुराने योद्धा भएकोले मेरो मनमा पनि धेरै कुराहरु छन, जुन अहिलेको अवस्थामा मैले पनि सर सल्लाह दिन र लिन सक्छु जस्तो लागेर मात्र उम्मेदवारीको प्रस्ताव राखेको थिए । तर त्यसरी मनै भाचिने गरि ब्यवहार हुनुमा मेरा मन मानेन र मैले यो उम्मेदवारीको घोषणा गरेको हो । अव त यहाँ सम्मान र मूल्याकंन त परै जाओस पुराना योद्धा,अग्रजहरुलाई पनि केही मान्यता भएन । कम्यूनिष्ट फुत्त आकाशबाट झरेको सोच्छन ।” शिरमा लगाएको टोपी फुकाले मुख पुछ्दै पुराना बामपंथी नेता न्यौपाने बताउँछन । 

माले, एमाले पुट हुदा पनि  एमाले पक्षमा रहि काम गदै आएका नेता न्यौपाने रतुावमाई नगरपालिकाको वडा नं.९ मा पनि आफ्नो योगदानका आधारमा मूल्याकंन नहुनुभन्दा पनि वेवास्था र अपहेलित हुनु आफूमाथि ठूलो पछुताउँ भएको बताउँछन ।