“मैले सोझा साझा जनतालाई झुक्याएको छैन”-चुडाल

2 0


नेपालदृष्टि । उनको बारेमा कैलालाई सोधेको थिए, तर कैलाकी श्रीमती कराउँदै बाहिर निस्किई । उसले के भनेको भनेर कैलालाई सोधे । “उपमेयर दमयन्तादेबि हाम्रो भरोसाकी मान्छे हुन । हामीलाई दुःख परेको बेलामा सहयोग गर्ने नजिकको ठूलो मान्छे उनी नै हुँन । हामीहरु उसलाई धेरै विश्वास गर्दछौ ।” सतार भाषामा यसो भनेको हो भनेर कैलाले भन्यो ।  

नगरभित्रका आदिवासी तथा जनजातिसँग उनिहरुको मातृभाषामा राम्ररी कुरा गर्न र उनिहरुको दुःख र समस्यासँग समिप्य भई निराकरण गर्न सक्ने दमयन्तादेवि चुडालसँग कला भनौ या क्षमता निकै राम्रा छ । भाषाले पनि गरिव दुःखी जनताको र्मम र पीडालाई नजिकबाट छामेर अनुभूति गर्न सकिन्छ । जसका कारण त्यस्ता जनतासँग स्पष्टरुपले सहयोग,सल्लाह गर्न र लिन सकिन्छ भन्ने उदाहरण हुँन चुडाल । 

गरिव दुःखी किसानसँग राम्रोसँग हेलमेल राख्ने सक्ने क्षमताकी चुडाल रतुवामाई नगरभित्रको एउटा विश्वासिलो सामाजिक नेतृत्व गर्न सक्ने राजनीतिककर्मी हुन । लामो समयदेखि कम्यूनिष्ट राजनीतिक यात्रा तय गरिसकेकी चुडाल महिला प्रतिनिधिको नेतृत्वमा सफल देखिन्छिन ।

राजनीतिक विभेदबाट टाढा रहेर जनप्रतिनिधिको रुपमा काम गर्ने उनको बानीले धेरै जनताको विश्वास र भरको पात्र बनेकी चुडाल जनताले पाउँने सुविधाबाट केही पनि बञ्चित हुनु नपरोस भन्ने चाहाँन्छिन । 
“आफूले गदै गरेका विकासका काममा धेरै आरोह अवरोहहरु प्रसस्त आए । तर पनि निष्ठा र इमान्दारितकासाँथ ती कामहरु सम्पन्न गरेकै छुँ ।”उनि बताउँछिन ।

“म सोझा साझा जनतालाई  झुक्याएर काम गर्दिन । बरु हुँदैन भने हुँदैनै भनिदिन्छु । मेरो यो बानीले कति ठेकदारहरु मसँग पनि रिसाएका छन । मलाई ठेकदार भन्दा पनि नगरको विकासका काम र जनताप्रति लगाभ र स्नेही छ । मैले आफ्नो जिम्मेवार निश्वार्थकासाँथ वहन गर्नु पर्छ । जनताको विश्वासलाई विश्वास घात गर्नु हुँदैन । सोझा साझा किसानमाथि झुटको राजनीति कहिल्यै गर्नु हुँदैन । यो भन्दा ठूलो अपराध अरु केही हुँन सक्दैन । ”उनि बताउँछिन । 

हुन त, अहिले महिला नेतृत्व विश्वमानै सफल र विश्वासिलो मान्न थालिएको छ । नेपालमा पनि संविधानमा समेत महिला नेतृत्वलाई बढी प्रथामिकता दिइएको छ । जसका कारण मुलुकमा महिला नेतृत्वको संख्या बढ्नुका साँथै लोकप्रिय पनि बन्दै छ । कारण, महिलामा धेरै संवेदनशिलता र जिम्मेवारीवोध वढी हुने हुँदा, सफल निमार्ण कार्य र भष्ट्ररहित समाजको सृजना हुँनु हो । त्यसैले अहिलेको अवस्थामा रतुवामाई नगरको उपनगर प्रमुखको उम्मेदवारी राख्न सक्ने हैयित दयन्तादेवि चुडालको अर्को विकल्प छैन भन्ने, जनमानसको तर्क रहेको छ । 

महिलका स-साना घरयासी समस्याहरुमा पनि झिनो नमानि पीडितको घरदैलोमा गई प्रत्यक्षरुपमा समस्याको निराकरण गर्न सक्ने उनको बानी ब्यवहारले धेरै निरास तथा उपेक्षित जनताहरुको मन जित्न सक्ने चुडाल नगरभित्र विश्वासिलो र भरपर्दो पात्रको रुपमा मानिन्छिन । लामो प्रशासकिय र सामाजिक सफल नेतृत्वले पनि उनि नगर उपप्रमुखको उम्मेदवारीसँगै प्रसस्त सफलताको संवाहक मान्न सकिने धेरैको अड्कल रहेको छ ।  

मोरङ जिल्ला कमिटि सदस्य, रतुवामाई नगर कमिटि सह ईन्चार्ज तथा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य समेत रहनुभएकी चुडाल कम्यूनिष्ट विचार शैलिमा देखिने उदाण्डता पन पटक्कै देखिदैन । उनमा मिजाशिलता,सहनशिलता र धर्यता पन बढि रहेको छ । जसका कारण आज उनि नगरमा सफल नेतृत्वका साँथ स्वच्छ छवि छन्दको जनप्रतिनिधिकोरुपमा चिनिन्छिन । जसका कारण उपमेयरको हैसियत राख्ने सक्ने उम्मेदवार हुन भन्ने जनमासले गरेका छन ।