“स्वास्थ्यकोलाति कोही पनि बञ्चित हुनुनपरोस”-राई

1 0


नेपालदृष्टि । रतुवामाई नगरपालिका वडा नं.३ स्थित मिर्चाडाँगीमा स्वास्थ्य चौकी महादेवा अन्तर्गत थप “आउटरिच क्लिनिक”को नगर प्रमुख रविन राईद्धारा उद्घाटन गरियो ।  उक्त कार्यक्रममा उपनगर प्रमुख दयन्तादेवि चुडाल तथा वडा अध्यक्ष वुलनसिं गनगाँईको पनि उपस्थिति रहेको थियो । 

खोलापारिको गाँउ भनेर चिनिने उक्त वडा अन्य वडा भन्दा स्वास्थ्यको हिसावले पनि अलिक विकट नै मानिन्छ । स्वास्थ्य सम्वन्धित आधारभूत सेवाका लागि पनि वडाको स्वास्थ्य चौकीसम्म पुगिरख्नु पर्ने सर्वसाधारणमा बाध्यात्मक अवस्था छ । त्यसैल हामीले “आउटरिच क्लिनिक”को माध्यमबाट उहाँहरुलाई सहज र सुलभ होस भनि यस क्लिनिकको स्थापना गरेका हौ ।” नगर प्रमुख राईले बताउँनु भयो ।