यस्तो छ रतुवामाई नगरको इतिहास

ठगेन्द्रप्रसाद न्यौपाने

1 0


नेपालदृष्टि । प्राग ईतिहासमा प्राग्यजोतिसपुर रुपमा रहेको यो स्थान विभिन्न ऋषिहरुले आदिम कालमा ध्यान गरेको वुझिन्छ। विस्तारै प्राकृतीक स्रोत साधनमाथी तत्कालीन आधिपत्यमा जमिनहरु शासकको नियन्त्रणमा रहदाँ विभिन्न कालखण्डमा फरक शासकद्वारा शासित छ। विराट,मुरेहांग,धनपाल,सुनवर्सी,सेन हुदै एकिकरणमा नेपालको नक्सा भित्र रहेको पाइन्छ। 
आधुनिक रुपमा २०३५ सालमा पन्चायत वाट महादेवा,ईटहरा,सिजुवा,झुर्कीया,वरडांगा गोविन्दपुर गाउँ पन्चायत वनाउइएको यो क्षेत्र।गणतन्त्र पछीको संघिय संरचनामा वरडांगा २,३,६,८,९ र गोविन्दपुर २,५,६,८,९ बाहेक वा पुर्वको झापा सिमना र पश्चिमको वक्राहा नदि रहेको मोरंगको दक्षिण पुर्वी क्षेत्र समेटिएको रतुवामाई नाम राखिएको नगरपालिकाको रुपमा विधमान छ।संघिय संविधानले स्थानिय सरकारको मान्यता दिएर १० वडा रहेको छ। माथि दिइएको शासकको केही वंसहरु,स्थानिय आदिवासी (थारु,सन्थाल,चमार)पहाडे रैथाने(वाहुन,क्षेत्री,राइ, लिम्वु) र २० सालमा घरफर्क अभियान मार्फ़त वर्मावाट फर्किएका नेपालीहरुको मिश्रित वसोवास रहेको पाइन्छ। 

मानिसका आवश्यकताहरु असिमीत बन्दैजाँदा,नितीगत र व्यवहारीक रुपमा स्थानिय युवा पलायन हुदै जाँदा अहिले यस क्षेत्र युवा विहीन देखिदैछ।यस्ले पार्न सक्ने दीर्घकालीन समाजको स्वरुमा परिवर्तन र हाम्रा पुर्विय सभ्यताको आधारहरु विलीन हुनसक्ने मुख्य समस्या आएको छ।धन कमाउन लामो वाटोजाने चलन कहिले र कहाँवाट शुरु भयो र कहाँ अन्त हुनेछ सायद यो रहस्यकै विसय रहला। फेरीपनी वस्तिनै रित्याएर मेला,मला र पर्वहरुमा परिवार संगै नहुनु कतै हाम्रो समाजलाई विभाजित गरेर हामिलाइ मेट्न प्रयास त हुदैछैनरुअव हामीले गहिरो चिन्तन चलाउन जरुरी छ। के भौतिक सम्पन्नताको असिमीत अभिलासा मात्र युवा पलायन भएको होत ? किन २५ वर्ष अगि खेती कमाइमै चलेको परिवारहरु आज डलरको कमाइले चलेन ? हाम्रो मस्तिस्कमा कस्ले के रोपेर यस्तो वनाउदैछ ? छोटकरीमा खेतवाट किसान निकालेर उत्पादनमा आस्रित वनाउने कुरालाइ यहाँ राख्न चाहन्छु।४६ को परिवर्तन संगै उदारवादको नाममा खुलेका कारखनाहरु वन्द गर्दै खेतको किसानलाई निकालेर श्रमिक लाई कसरी विदेशको भाडाका कमारा र त्यसैले मेहनत गरेर वनाएको उत्पादन त्यसैलाइ वेचिरहेका छन।स्वतन्त्रताको नाममा खुलेका एनजियोहरुवाट विस्तारै योजनावद्ध रुपमा यि काम भएका छन।राज्य कमजोर वनाउदै शिक्षा,स्वास्थ्य,रोजगारको न्युनतम आधारमा वकुल्लो वनाउने र जनताको उत्पादन क्षमता कमजोर बनाएर परनिर्भर वनाउने गहिरेर अघ्ययन गर्दा कहाली लाग्दो चित्र हामी माँझ देखिन्छ।विशेस गरि सरकारी संयन्त्र कसरी पेन्डुलम वनाइयो लेख्दा लामो हुनसक्छ स्थानिय रुपमा कसरी खेती विस्थापन गरियो यो विसय उठान गरिनेछ।आघुनिकताको भुत सवारहुनेहरुलाई पक्कै निछोडले अचम्म लाग्ला।

त्यस बेला रतुवामाई क्षेत्र विराटराजाको अधिनमा थियो । यसैगरी यो प्रदेश इसापूर्व कालमा नै पुण्ड्वर्धनको महत्वपूर्ण क्षेत्रका रुपमा रह्यो भने मध्यकालतामा यस भेगमा मुरेहांगको अस्तित्व रह्यो । त्यसपछि धनपाल, सुन्वर्षी महाराज र अन्य रजौटाहरुको अधिनमा पर्दै रतुवामाई क्षेत्र पाल्पाली सेनहरुको अधिनमा  पर्न पुग्यो । पाल्पाली सेनहरुले विजयपुर लगायतका क्षेत्र एकीकरण गर्दा यो भेग तिनको अधीनमा परेको हो । नेपाल एकीकरणको अभियान पछि भने सम्पूर्ण विजयपुर बृहत्तर नेपालमा गाभियो र यो भेग पनि स्वतहनै बृहत्तर नेपालमा पर्न पुग्यो । त्यसपछि यो भेग केहि समयका लागि सांगुरिगढ़ीबाट प्रशासित भयो । 
कालान्तरमा यस नगरपालिका क्षेत्रको प्रशासन मोरंग गोश्वाराबाट गर्न लागियो । यसको केन्द्र रंगेली थियो । वि।सं १८७२ सालमा यस भेगको सदरमुकाम साँगुरीगढीबाट रंगेलीमा सारिएको हो। त्यसपछि पनि रतुवामाई नगरपालिका क्षेत्र निरन्तररुपमा मोरंगको सिमाभित्र पर्यो । पछि जिल्ला विभाजनका क्रममा रतुवा खोलालाई सिमाना बनाएर यो क्षेत्र  मोरंग भित्र परेको हो। 

तर यि सवै चरणबद्ध र योजनाबद्ध थिए।पहिले एनजियोको माघ्यमवाट केही पढेका र केही गर्न खोज्ने युवाको जोसलाइ प्रयोग गर्दै गोरुको ठाँउमा ट्याक्टर भित्राईयो र कृषकको पहुँच बाहिर ब्यवसायिक प्रयोजनमा ल्याइयो,दोस्रो गोवर ग्यासको नाममा गोवर गोवरमललाइ खेतमा पुगेन नदिनेगरी सवै घरमा व्यवस्था गरियो कुनै सस्थालेस्रो आधुनिक खेतीको नाममा युरोपका विभिन्न ल्यावमा वर्सौ परिक्षित विउ विजन प्रयोग गराएर उर्वरभुमि तहसनहस गराईयो।नतिजा धान पसाउने वेलामा सम्म ४६ प्रतिशतप्रयोग अनिवार्य भयो। कुनकुन नाम र कसरी कोवाट आए सविस्तार व्याख्या यहाँ छैन।अहिले के भयो विनातलवी क्यालकुलेट वोकेर खेतीमा पोसाउदैन भन्ने वहुरास्ट्रीय कम्पनीका कर्मचारि हरेक घरमा तयार भयो।

यो पुजिवाद हो यहाँ हतियारको राज्य कव्जा हुदैन तर सवै जमिन मस्तिस्क कव्जागरेर आफ्नो योजना पुरा गर्न सके चाहियो किन अरु झमलै साफ़। सरकारी संयन्त्र तहसनहस अव वच्चा पढ्न सरकारी जादैन,विरामी सरकारीमा जादैन,सार्वजनिक वस कोही चढ्दैन अव परिवार कस्ले पाल्छ ? जस्क पाखुरामा वल छ त्यो अवस्य विदेश गएर।यो अबको म समितीक उदेश्य यही समस्याको निराकरणको गहन छलफल गरेर खेतमा युवा छिराउन प्रयासरत छ। आखिर यो सवैत राज्यले गर्छ कसरी यो सम्भव छरुधेरैको प्रश्न हो सो।आधुनिक समयमा राज्यदल हो दल कस्तो छ त्यसका नेता कार्यकर्तामा भर पर्छ । नयाँ संविधान र सवै निर्वाचन सकिएर सवै संरचना तयार हुदापनी किन नतिजा दिएनरुलामो अस्थिरताको जगमा वन्दै गरेको निकाय किन निकम्मा भए यि अनुत्तरित प्रश्नहरु छन।

बर्षौ राज्यको वजेटलाइ निकम्मा वनाउन पनि र माथिको एनजियोको जालों संचालनमापनि अहिलेका स्थानिय दल र नेताको राम्रो हात छ।जानेर वा नजानेर भ्रममा परेर गर्न सक्छ आखिर गल्ति मान्छेवाटै हुने हो।विस्तारै वुझ्न ढिला नगरौ अवको युवा मेरोदल विचार वा त्यस्तो केहीको पछी मात्र कुद्छ।जेजे गरेपनी छुट छ।विस्तारै माथिका संजालको जालों पहिचान गर्दै च्यातिने छ।कतिको अनुहार कुनरुपमा देखिने हो समयले देखाउला।स्थानिय सरकार युवा जोस र शिक्षीत ठानेर जनमत स्थापित थियो अपेक्षाहरु त्यही अनुसार थिए।तर उही पुरानै सोचले पार्टी कार्यलय चलाएको भ्रममा प्रतिनिधि पर्दा हामी युवा संवेदनशील भएका छौ । 

जायज नाजायज केकती काम हुदैछन नगर कार्यलय र ८ वटा वडा कार्यलय केही महिना प्रतक्ष निगरानीमा रहेको २ वटामा चाडैनै शुरु गरिने जानकारी पनि होस दोहोरो सत्ताको भ्रममा नपरेनुहोला।संजालको जालों च्यातिदा कम्तिमा युवा र शिक्षीत प्रतिनिधिको अनुहार नपरोस।

संविधानको प्रावधान र जनताको हितलाई ध्यान राख्नुहोला। अन्त्यमा,सवै रतुवामाईको युवा विच चाडैनै खेतमा कसरी युवा पसाउन सकिन्छ।यस्मा हाम्रो ध्यान रहनेछ।समस्याको चांगमात्र देखीय स्वभाविक छ।यो सवैले देख्छ तर समाधान दिदैन हामीसंग समाधानको छलफलगर्ने र कार्यन्वयन गर्ने इच्छा शक्ति धेरै रहेकोले।यो समुहलाई समाज सेवी वा त्यस्तो केही अपेक्षा नगरिदिनु हुन सवै नगरवासीमा अनुरोध छ।सवैक सकारात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा छ । तत्काल के गर्छ यस्ले यताधेरै नसोच्नु होला खेतमा मान्छे फर्काउने पहिलो उदेश्य हो।प्रवासको सिप र पुजीलाइ अधिकतम प्रयोग गरिनेछ।

मोरंगको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वी भागमा पर्दछ । यो नगरपालिकाको सबै भूभाग सम्म परेको तराईको क्षेत्रमा अवस्थित छ । मोरंगको सिजुवा, वरडंगा (१,४,५,७०, गोविन्दपुर)१,३,४,७०, झुर्किया, महादेवा र इटहरा लगायतका क्षेत्रलाई मिलाएर यो नगरपालिका स्थापना गरिएको हो । यस भेगमा अघि धेरै पहिलादेखि मानिसहरुको बसोबास भएको देखिन्छ । अघि मोरंग भेगमा झाडीका रुपमा रहँदा पनि यस भेगका खोला किनाराहरुमा स्थानीय आदिवासीहरुको बसोबास थियो ।

(न्यौपाने रतुवामाई बैदेशिक रोजगार समन्वय समितिका अध्यक्ष हुन)