“युवा जीवनमा शिक्षासँगै खेलकदको ठुलो महत्व छ”-राई(भिडियो सहित)

0 0


नेपालदृष्टि । “स्वास्थ्यको लागि खेलकूद,राष्ट्रको लागि खेलकूद” मूल नारासहितको १४औ राष्ट्रपति शिल्ड प्रतियोगिता २०७८ भब्य समारोहविच उद्घाटन भएको छ । रतुवामाई नगरपालिका वडा नं.६ स्थित श्री सरस्वति माध्यामिक विद्यालय कादुपाडामा सम्पूर्ण खेलहरु भैराखेको छ । 
उक्त कार्यक्रम नगरप्रमुख रविन राईद्धारा पानसमा बत्ति बालेर उत्घाटन गरिएको थियो । उक्त प्रतियोगितामा उपनगर प्रमुख दयन्तादेवि चुडाल, शिक्षा शाखाका प्रमुख हरिहर घिमिरे तथा विशिष्ट ब्यक्तिहरुको उपस्थीति रहेको थियो । नगरका सम्पूर्ण विद्यालयहरुको उत्साहजनक रहेको उक्त खेल प्रतियोगिता २०७८ साल फागुन १८ गतेदेखि सुरु भएर फागुन २० गते समापन हुने भएको छ ।

“विद्यार्थीकालागि शिक्षासँगै खेलकूद एक आधारभूत मौलिक अधिकार पनि हो। खेलकूदले विद्यार्थीहरुलाई अनुशासन एवं मानशिक तथा शारीरिक तवरले स्वास्थ्य राख्द्छ । जसका कारण हामीले रतुवामाई नगरपालिकालाई खेलकद नगरको रुपमा प्रस्तुत गर्न खोजेका छौ । र अन्य छिमेकी नगरपालिकाको तलनामा हाम्रो नगरपालिकाले खेलकुदका विविध पक्षहरुले छलाङ मार्दै आएको विधितै छ ।” नगरप्रमुख राईले बताए ।

 “हामी चाहान्छै नगरका समस्त विद्यार्थी तथा युवाहरु शिक्षासँग सँगै अनुशासित र स्वास्थय रहुन । यो हाम्रो प्रयास आगमि दिनहरुमा पनि निरन्तरता हुने छ । र यसको पुनः अवसर युवाबर्गहरुले दिलाउँने पनि छन । नगर प्रमुख राईले पुनः बताए । अन्य जानकारीको लागि प्रस्तुत छ प्रत्यक्ष भिडियो ।