ड्रगिस्ट

नन्दलाल आचार्य  

0 0


नेपालदृष्ति । ‘कोरोना १ कोरोनासँ लोग खैस परलै । दुसरे गाडीसँ चैल जाइछी ।’

कोरोनाका कारण मान्छे ढलेको सम्झँदै यात्रारत् बसबाट एक अधबैँसे उत्रियो ।

ऊसँगै ज्यान बचे यात्रा गरौँला भन्दै उभिएर सकसले यात्रारत् अरू पनि दर्जन अधिक उत्रिए ।

कन्डक्टर मलाई दोष थुपार्दै कुर्लियो, ‘तपैँले घँचेटेर खसाल्नुभयो र यो बेहोस भयो । भएभरका मेरा यात्रु उत्रिए ।’

मुर्छित ठिटो मसँगै विराटनगर- गोलबजारको यात्रामा थियो । यस अघि झोलातिर खस्याकखुसुक गर्दै थियो । बस इनरुवा आएपछि एकाएक सर्ट खोल्यो । असिनपसिन देखियो । बसको झ्यालबाट आएको हावाले मलाई भने चिसो लाग्दै थियो ।

ऊ झ्यालनेर बस्न खोज्यो । स्थान परिवर्तन गर्ने क्रममा ऊ बेहोस भएर भुइँमा तेर्सिएको थियो । एकपछि अर्को गर्दै कन्डक्टर ममाथि नै दोषारोपण गरिरहेको थियो ।

मुर्छितलाई झकझकाएँ । आँखा हेर्यो तर उठ्ने नाम लिएन । उसको गोजीमा भएको ट्याबलेटमा मेरो आँखा गयो । निकालेर नियालेँ र यथास्थानमा राखिदिएँ ।

‘कडा नशा दिने ड्रग्स पो रछ ।’ दृश्य हेरिरहेको नजिकैको यात्रुको बोली सुनियो । उसको झोलमा थरीथरीका ट्याबलेट भेटिए ।

‘हामीले हैन प्रहरीले दया गर्ने मान्छे रहेछ । प्रहरीलाई जिम्मा लगाउनु पर्ला ।’

उही यात्रुको मुखको बोली भुइँमा पर्नासाथ ऊ हत्तपत्त उठ्यो र सिटमा बस्दै हात जोडेर भन्न थाल्योस ‘प्रहरीको बात नही कर्नुस् दाजु । हाम्रो पैरबार खत्तम भइहाल्छ । हामीलाई काम गर्न दिहाल्नुस् । अखेन हामी चुपच्याप बैठिलिन्छु ।