रतुवामाई नपामा भूमिहीनले जग्गा पाउँने

1 0


नेपालदृष्टि। शनिवार काडमाडौमा भूमि व्यवस्था मन्त्री तथा राष्ट्रिय भूमि आयोगका अध्यक्षसँग मोरङको रतुवामाई नगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासिलाई जग्गा वितरण तथा अब्यवस्थित ब्यवस्थापन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

मन्त्री शशि श्रेष्ठ, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग सहमति पत्रमा हस्ताक्षर र आदान प्रदान कार्यक्रममा रतुवामाई नगरपालिका नगरप्रमुख रविन राई ।

सुकुम्बासि, भूमिहीन दलितलाई जग्गा वितरण गर्ने र अव्यवस्थित व्यवस्थापन गर्ने सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र रतुवामाई नगरपालिका नगरप्रमुख रविन राईबिच कार्य सहमति पत्र हस्ताक्षर एवं आदान प्रदान गरिएको थियो । 

यसै क्रमलाई मध्यनजर राख्दै नगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासिलाई जग्गा वितरण गर्ने र अव्यवस्थित व्यवस्थापन गर्ने कार्य अघि बढाएर कार्यन्वयन गर्ने नगर प्रमुख राईले बताउँनु भएको छ ।