किन हिन्दु धर्ममाथि प्रहार भैराखेको छ ?

4 0


नेपालदृष्टि । सञ्जीवनी भजन किर्तन तथा आध्यात्मिक सत्संग समाजको १०औ वार्षिकोत्सव एक भब्य समारोहबीच सम्पन्न भएको छ ।
नगरप्रमुख रविन राईको प्रमुख अतिथित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन,सम्मान एंव विभिन्न श्रष्टाहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

हम्रो समाजमा कुनै पनि गतिविधिलाई सकारात्मकरुपमा लिने परिपाटी एकदमै न्यून छ । समाज नकारात्मक टिप्पणीतिर बढी उन्मूख देखिन्छ । यसलाई विस्तारै सकारात्मक दिसातर्फ मोड्न यो संस्था लाग्दै गरेको मैले देख्दैछु ।आफ्नु धर्म, संस्कृतिलाई सरकारले जोगाउँदैन, यसको लागि आफै लागिपर्नु पर्छ । समाजबाटनै धेरै कुराहरु रुपान्तरण हुने कुरा नगरप्रमुख राईले बताउँनु भयो ।

लोप हुन लागेको पूर्विय सभ्यता र हाम्रो सनातन धर्मलाई संरक्षण र सम्वद्धनका लागि यस संस्था लागि परेको छ । किर्तन मात्र नभए ज्ञानवद्र्धक आध्यात्मिक सत्संगलाई पनि अगाडि बढाउँदै गरेको कुरा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद चौलागाँईले बताउँनु भयो । त्यस्तै अव नगरभित्र विभिन्न ठाउँमा मधिरा तथा पलाष्टिक निशेधित क्षेत्रको पनि घोषणा गर्ने कुरा उहाँले बताउँन’ भयो ।

हम्रो यो संस्थाले जस्तो सुकै परिस्थितिमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आएको छ । हाम्रो सनातन हिन्दु धर्मप्रति भएको प्राहारलाई छेक्न विगतदेखि वर्तमानसम्म यस संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको कुरा संस्थाका सचिव डोरराज लुईटेलले बताउँनु भयो ।

उक्त कार्यक्रममा जेष्ठ नागरिका सम्मान तथा अन्य विविध विधामा पुरस्कार वितरण पनि गरिएको थियो । 

(कार्यक्रमका अन्य फोटाहरु नेपालदृष्टि फेसवुक पेजमा हेर्नु होला । आवश्यक अनुसार कपी पनि गर्न सक्नुहुने छ ।)