“धेरै कागजपत्रको छुट्कारा हो परिचयपत्र”-चापागाँई (भिडियो सहित)

0 0


नेपालदृष्टि । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत मोरंगको रतुवामाई नगरपालिकामा ब्यक्तिगत विवरण संकलन कार्य सुरु भएको छ । नगरका सबै वडाहरुमा पौष २२ गतेदेखि फोटो खिची ब्यक्तिगत विवरण संकलन कार्य सुरु गरिएको हो । संकलन कर्ता टोलीले ल्यापटप, डिजिटल क्या मेरालगायतका सामग्री, प्राविधिक र इन्जिनियरसहितको टोली प्रत्येका वडामा गएर विवरण संकलन गर्दैछन ।

नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छापसहितको विवरण भएको परिचयपत्र वितरण हुनेछ । स्मार्ट कार्डजस्तो परिचयपत्र वितरण हुनेछ । अनलाइनमा रिड गर्ने डिजिटल परिचयपत्र वितरण हुनेछ । धेरै कागजपत्रको भन्जटिलोबाट मुक्त गराई एक मुष्ट सिंगो परिचय पत्र बन्ने भएकोले यो निकै विश्वासिलो,गोपनिय र भरपर्दो हुने कुरा रतुवामाई नगरपालिकाका वडा अध्यक्ष नन्दकुमार चापागाँईले वताउँनु भयो ।

नेपाल सरकारले सुरक्षा भत्ता दिने, पेन्सन लिन, पासपोर्ट लिन, सम्पत्तिको खरिद विक्रि गर्न, बैक तथा वित्तिय संस्थाको खाता खेल्न र बैकिंग कारोवार गर्न तथा बत्ति,पानी, टेलिफोन सेवा लिने जस्ता अतिआवश्यक सेवा लिन राष्ट्यि परिचयपत्र अनिवार्य गर्न र वडामा कोही यस सुविधाबाट बन्चित हुनुनपरोस भनि आफै यसतर्फ पनि लागेको कुरा वडा अध्यक्ष चापागाँई पुनः बताउँनु हुन्छ ।
साँथै उहाँसँग यसै विषयमा कुराकानी भएको थियो,प्रस्तुत छ प्रत्यक्ष भिडियो ।