बढ्दै गएको हुस्सुले जनजीवन प्रभावित

0 0


नेृपालदृष्टि । देशका अधिकांश भू-भागमा हुस्सुले जनजीवन प्रभावित भएको छ । विशेषगरी तराई र तल्लो भू-भागमा हुस्सु बढी लागेको छ । केही ठाउँमा सामान्य घाम लागे पनि हुस्सुले निरन्तरता भने दिइरहने छ ।

त्रिभुवन विमानस्थलमा हुस्सुको कारण विमान अवतरण र उडान हुन सकेका छैनन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार : देशको तराईका धेरै भू-भाग हुस्सु कुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्व भूभाग र विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।