लगातार परेको पानीले देशभरको जनजीवन प्रभावित

1 0


नेपालदृष्टि । गए रातिदेखि लगातार परेको पानीका कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका विभिन्न उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ । चिसोका कारण जनजीवन कष्टकर भएको छ । चिसो अत्यधिक बढेपछि विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । कतिपय पहाडी जिल्लामा हिमपात पछि राजमार्ग अवरुद्ध भएको छ । 

 

काठमाडौंबाट हुने हवाई उडानहरु प्रतिकूल मौसमका कारण प्रभावित भएका छन् 

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको एयरलाइन्स कम्पनीहरुले सूचना जारी गरेका छन् । डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् ।

पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।