
आयो, आयो, के आयो ?
राजेश विद्रोही
0 0
नेपालदृष्टि । ‘आयो अनि आयो ! सबै आउनुस् । मौका पर्खँदैन । हुने कुरा टारेर टर्दैन । माग्न मिल्दैन । चोर्न सकिँदैन । सोझै भन्नुपर्छ । नढाँटी २-४ पैसा कमाउनुपर्छ । आउनुस् ।’
एक भारी कपडा बोकेर गरुराहा गाउँ पसेको व्यापारीलाई रानी मौरी सम्झेर कर्मी मौरीले घेरेझैँ घेरेर आधा घण्टामै सारा मालसमान किनिदिए गाउँलेले ।
‘सारै सस्तो दियो । अरू किन्न मन थियो । हारालुछ गरिहाले ।’ सबैको मुखबाट यही वाक्य निस्किरहेको थियो । व्यापारी पनि खल्ती मोटो पारेर हिँडिहाल्यो ।
गाउँलेले कपडा लगाएको १-२ दिनमै च्यातिन थाल्यो । यसो तङ्काउँदा वारपार च्यातिएर गयो । सबै कपडा मक्किएको सावित भयो ।
लहान, सिरहा । २०७८–०७– १४