घिमिरे बन्धुहरुको गोठन पूजा सम्पन्न (फोटो फिचर सहित)

11 0


नेपालदृष्टि । कुलदेवता पूजा अथवा गोठपूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो ।

 प्रत्येक  वंशको आफ्नै कुल देवता हुन्छ । यसै अन्तर्गत मोरंगको रतुवामाई नगरपालिका भित्र रहेका घिमिरे वन्धुहरुको आज विधिपूर्वक गोठपूजा सम्पन्न भएको छ । 

छरिएर रहेका घिमिरे बन्धुहरुलाई समेट्दै आयोजित उक्त गोठ पूजाका आयोजक एवं अध्यक्ष पर्शुराम घिमिरेको अनुसार निरन्तररुपमा हुदै आएको देवाली पूजा विविध कारणले अहिले हुन नसम्ने बताउँनु भयो । यसको निर्णय सवै बन्धुहरु बसेर गरिने कुरा पनि उहाँले बताउँनु भयो ।