सुवोनकी आइमाई साथी

निकुञ्ज तिवारी  

1 0


नेपालदृष्टि । नाकको फोराबाट फ्याकेको सिगरेटको धुँवालाई दुई ओठको हावाले वायुमण्डलतिर धकेल्दै भनी – “क्रेजी आप्रवाशी ! तँसँग म बिहे गर्न सक्दिन । जति गर्नु छ यहीँ गर । रहर पुरा गर । र, जा ।”

अपोजिट पर्दाबाट आइरहेको युवतीको आवाजतर्फ हाम्रो ध्यान गयो ।

“तँलाई मैले कतिपटक सम्झाएकी छु ह ? धेरै पिएर यहाँ नआ है भनेर ।” ऊ फतफताउँदै बाहिर निस्की । टिटेवलबलको घर्रा र्घरररर्र तानी । चुरोट निकाली र बलिरहेको ग्याँस हिटरमा झोसि । दुई ओठले बेस्सरी च्याप्दै लामो सर्को तानी ।

नाकको फोराबाट फ्याकेको सिगरेटको धुँवालाई दुई ओठको हावाले वायुमण्डलतिर धकेल्दै भनी “क्रेजी आप्रवाशी ! तँसँग म बिहे गर्न सक्दिन । जति गर्नु छ यहीँ गर । रहर पुरा गर । र, जा ।”

ऊ दाँत किट्छे । र च्याठ्दिै भन्छे । “पैसा तिरेको छु भन्दैमा जथाभावि बोल्ने ? के म तेरो मोवाइलमा डाउनलोड गर्न मिल्ने गेम हो ? चाहेको वेला इन्स्टल गर्ने र भरपुर मनोरञ्जन लिने । नचाहदा अनइन्स्टल गर्ने र भुल्ने ?”

युवकले घ्याच्च ढोका खोल्यो । केही बोलेन । मात्रै फर्केर राता आँखाले पर्लक्क हेर्यो । फेरि ड्याम्म ढोका धकेल्यो । र ढलमलाउँदै वायातिर मोडियो ।

“यो त सामन्य हो । यहाँ किशिम–किशिमका पुरुष आउँछन् । यस्ता पियक्कडहरू मर्दपनभन्दा पनि मुर्खपन देखाएर जान्छन् ।

“छोड । यी कुरा । तँ के लिन्छस् ? ब्ल्याक, रेड और मिक्स ?”

“ब्ल्याक । तर, कफि है ।”

झिकिसकेको ब्ल्याक वाइनको जम्बो बोत्तल सिसाको र्याकमा राख्दै नजिकैको कफी मेसिनको ब्ल्याक बटन थिचि । अटोमेटिक मेसिनबाट कप झरेर कफिको धाराले कप भरिदै गर्दा–
“अअअ,  सायद, मेरोमा आउनेमध्ये तँनै हुनुपर्छ अल्कोहलिक पदार्थ पिउन नजानेको हट पुरुष । र इमान्दार साथी ।”

उसले निकै सर्तक भावमा व्यङ्ग्य गरी । र आँखा टेडो पार्दै निँच्च हाँसी ।

“रक्सी नपिउनेहरू सबै सज्जन हुँदैनन् प्रिय । र पिउनेहरू सबै खराब पनि हुँदैनन् ।”

मेरो हातमा कफि थमाइ । आफुले पिउँदै गरेको ग्लासको रेड बाइन एकै घुट्कीमा रित्याइ र चुरोट सल्काइ । नाकको वायाँ प्वालबाट निस्केको बाक्लो धुवाँको मुस्लो सिलिङतिर हुत्त्याउँदै बोली– “मैले त्यसो भन्न खोजेकी होइन । रक्सी पिउनेहरू सज्जन पनि छन् । र खराब पनि छन् । रक्सी नपिउनेहरू खराब पनि छन् । र सज्जन पनि छन् । त्यो पिलाईमा भर पर्ने हो । म मेरो पेसासँग मात्र रिलेटेड छु । म निकै न्यारो घेरामा छु । तर मेरा ग्राहकहरू प्रायमा त्यो अभाव देखेकी छु ।”

मैले उप्रति मौनरही आँखाको माध्ययमले सहानुभूति जनाए ।

“कहिलेकाही निकै राम्रा, भलाद्मी, ज्ञानी र सज्जन मानिसहरुसँग संसर्ग गर्छु । लाग्छ, संसारको सबैभन्दा खराब र कुरुप आइमाइ म नै हुँ ।”

“अनि, तँलाई यस्तो किन लाग्दैन ? औँलाले मच्याकमुचुक पार्दिएको कफिको कागजलाई डस्विनतिर हुत्याउँदै मैले थपिदिए । “कि कहिलेकाहीँ अति खराब, मुर्ख, घमण्डी र अह म भरिएको पुरुषहरुसँग तेरो संसर्ग हुँन्छ । त्यस्तो बेला तँलाई लाग्दैन ? आफु ज्ञानी, सज्जन, भलाद्मी सुन्दर महिला हुँ भन्ने ?”

सुन्दासुन्दै ऊ अग्लो हिल भएको कप कोल्ट्याई । अनि कप भरिएर पोखिनै लाग्दासम्म जम्बो बोत्तलबाट खन्याउन रोकिन । “आफूलाई त यही मन पर्छ र यसले पनि आफूलाई नै मन पराउँछ ।”

चार छिद्रासँगै सोह्रवटा दाँत देखिने गरी ऊ खितित्त खित्का छोडी । लाग्छ, उसको हाँसोमा अलिकति पीडा, अलिकति रोधन, अलिकतिपश्चाताप् र अलिकति हिनता मिसिएको छ ।

मैले अल्कोहलजन्य पदार्थ नपिएकोमा यसपाली उसको मुखबाट कुनै व्यङ्ग्य आएन । सायद व्यङ्ग्य गर्ने शब्द नभएर होला ? ऊ मलाई तथानाम भन्थि । तँ नामर्द होस् । तँ बच्चा होस् । तेरो मुटु छैन । तेरो मन छैन । तेरो आट छैन । तँलाई प्रेम केहो ? जीवन केहो ? हाँसो, खुशी, दुख्ख, आँसु केही पनि थाहा छैन । खिस्स हाँस्थी र भन्थी– “अल्कोहल पिउन नजानेको मर्द ”

अनि, मैले मुस्कुराउँदै भन्थे–तिमीले सिकाइदेऊ न प्रिया ! म सबै सिकिहाल्छुनी ।

टिलपिलटिलपिल कपबाट ह्वास्स गन्ध आइरहेको रक्सी अलिकति सुरुप्प तान्छे र घुटुक्क निल्छे । एक प्वाक धुँवा तानेर फोक्सोसम्म पुर्याउछे । “यो रक्सीले जति माया मलाई कसैले गरेन । र यो कप । यो चुरोट । यो बैंसलाई जति माया मैले कसैलाई पनि गरिन । म छु र यो वैंस छ । यो वैंस छ र म छु । तँजस्ता भनेका जीविकोपार्जनका लागिमात्र हुन् ।”

“जीविकोपार्जनका लागि अन्य विकल्पहरू पनि त थिए । यही नै तैले किन रोजिस् त ?”

मेरो कुरा उसलाई नमिठो लाग्यो । कपको सप्पै स्वाट्टै निली ।

“हो ।”

ऊ झर्की । उसका आँखा राता भइरहेका थिए । छोडिरहेको लामो सिल्की कपाल गुजुल्टो पार्दै बोली – “बितिसकेको विगतलाई सम्झेर केही हुनेवाला छैन । नत नदेखेको भविष्य नै सम्झेर केही होला ! जे छ जस्तो छ आजै रमाउँनुपर्छ । ईश्वरले मलाई यो सुन्दर आज दिएका छन् । आजको भरपुर उपयोग गर्नूनै बाँच्नुको सार्थकता हुन्छ ।”

जीवनमा धेरैका चाहाका निम्ति प्रखिइ ऊ । र प्रर्खन धैर्य बनाइए उसको जोवनलाई । यौवनलाई । ऊ अलिकति आत्मीयता र अलिकति आफ्नोपनको आभासमा मलिनहुँदै बोली

“म हरेक पल सम्झिन चाहन्न । ती बलात्कित ओठहरू । जो मेरा अंगहरू पटकौ–पटक पल्टाएका थिए । मेरा बैंसहरू चिथोरेका थिए । मेरा लाजहरू निमोठेका थिए । मलाई जुठ्यायका थिए । र यो गल्लीको पेसेवर बन्न बाध्य तुल्याएका थिए ।”

“उउउउउससस” लामो स्वाश तान्छे । मानौं उसको स्वाश तनाई मरुभूमिको बालुवामा ह्वारह्वार्ती जलिरहेको हावाको रापजस्तै रफ्तारमा छ । तेज छ र आवेगमा छ ।

“यो रक्सी निकै कडा छ । एक कपमै झुमझुम पार्छ । प्रिय, रक्सी आऊ मेरो नसानसामा मस्ती रमाउँ ।”

ऊ अर्को पटक सिसाको कप र ओठ मिलाउछे । पुत्ताइरहेको सिगरेटको एक सर्को तान्छे । “सिगरेटको धुवाँ जस्तै हो जीवन । पुत्ताउन्जेल मोज । निभेपछि पत्तासाप ।”
“एउटा कुरा सोँधु ?”

“के ? भन्न ।”

“म पेसेवर हुँ भन्ने थाहा पाउँदापाउँदै तँ किन पछ्याइरहेछस् ।”

“के तँलाई पछ्याउन हुँदैन ?”

“हुन्छ । तर तँ अलिक बढी नै डिप्ली भइरहेको छस् । जेहोस् तँ मज्जाको मान्छे छस् ।”

“तँ पनि ।”

हल्का मुस्कुराउँदै दाँतले जीव्रो टोक्छे । म पनि मुस्काइदिन्छु । ऊ मस्त लजाउँछे । लज्जित हुँदा उसको अनुहार हान नदीको पानी जस्तै चलायनमान हुन्छ । “अचाक्लि माया गर्छन् मुन्छेहरू मलाई ।”
“वेश्यालयमा आएर खोक्रो माया देखाउने तँजस्ता धेरै देखेकी छु मैले । तर, त अलिक पृथक छस । प्राय, पुरुषहरू मप्रति आर्कषित हुँन्छन् । तर म तप्रति आर्कशित हुँदैछु ।”

म चुपचाप उसका वृतान्तहरू सुनिरहेको छु ।

“पख है ।” भन्दै ऊ ढोकानीर दैडिइ र खिस्स मुस्कुराई । बाहिरबाट कसैले चिहाइरहेको रहेछ ।
पुत्ताइरहेको चुरोटको ठुटो देब्रे दुई औलाले च्यापेको र दाइने हातले क्यास वियरको क्यान समाएको चुच्चेनाके युवक पहेँलोपर्दाको ढोका अगाडिबाटै इशारा गर्यो ।

र वाफिलो निकोटिनमिश्रित कालो धुवाँ नाकको फोराबाट जमिनतिर हुत्याउँदै दाँया हात र निँधारसँगै उचाल्यो । “कति हो ?” साँझको मन्द प्रकाशमा आधाखुल्ला ढोकाबाट चिहाइ निधार र आँखाँको इसाराले उसले दुई पटकको मूल्य सोध्यो ।

नाइन्टिप्रसेन्ट नग्न अवस्थामा काचको ढोकाबाट आधा शरिर बाहिर र आधा भित्र बनाउँदै उसले आठ औँला उठाउँदै मुस्कुराई । र बोलाई “राम्रो सुविधा दिन्छु ।”

यो पटक मात्र होइन । उसले बारम्बार त्यही भन्थी र ग्राहकलाई आर्कषित पार्थी । तर पैसाको मोलमोलाई उसलाई मन पर्दैन 

चुच्चेनाके युवकले अनुहार रातो बनाउँदै फेरि सोध्यो “पाँचमा हुँदैन र?”
“अह, हुँदैन ।” भित्र फर्कदै उसले नाईको मुन्टो हल्लाइदिइ ।

युवकले क्यानको मुख तल्लो ओठमा अड्यायो । घुटुघुटु विएर घुट्कायो र अन्तिम पटक पाँच अँौला उठाइ अनुहार हल्लायो । “हुँदै हुँदैन त र?”

उसले लगत्तै सात औँला उठाइदिन । र इसाराले रातोपर्दातीर देखाई “नत्र हुँन्न । जा उता ।”

ऊ लज्जित हुँदै चोकतिर लम्क्यो । तलपुगेर क्यानको विएर घुटुघुटु पार्यो र बोत्तल सडक किनारमा ट्यान्रयाङ्ग बज्ने गरी मिल्कायो । चुरोट सल्काउँदै बाटो मोडियो ।

तेस्रो पटकमा पनि ग्राहक मञ्जुर नभएकोमा खिन्नता प्रकट गरी । र रातोनिलो अनुहार बनाउँदै गुनासा गर्नतफै लागि ।

“आफ्नो रहर, इच्छा र चाहनाको बार्गेनिङ नगर्ने पुरुषहरू कमै देखेँकी छु मैले ।” ऊ घररर सिसाको ढोका तानी र फत्फताउन थाली “बैंसलाई पैसामा बार्गेनिङ् गरेको मलाई एक रक्तिपनि चित्त बुझ्दैन । मेरो रहर, इच्छा र चाहनाले सजिएकी हैन् र बेचिएकी हैन पनि । अरुको चाहनाका लागि सजिएकीँ छु । बैँसको बार्गेनिङ गर्ने यस्ता लोग्नेमान्छे मलाई हेट लाग्छ ।”

बलिरहेको हिटरमा उसले चुरोट ठोसी र लामो सर्को तान्दै पुत्ताई “आज बिदाको दिन हो । एक नआए अर्को, अर्को नआए अर्को । पेसा नै यही भएपछि मैले किन बार्गेनिङमा गर्नदिने र?

म भने सिंगो शरिरै दिन तयार छु । ऊ डिस्काउन्टको कुरा गर्छ रु ल तँ भन्त चाहनाको कुनै डिस्काउण्ट हुन्छ र?”

“चाहनाको कुनै मूल्य पनि त हुँदैन ।”

“हामी त्यस्तो बुझ्दैनौ । हाम्रा पनि त बाध्यता छन् । चित्तबुझ्छ आउछन् । स्पर्श गर्छन् । म राम्ररी सेवा दिन्छु । चित्त बुझदैन । स्पर्शविहीन स्पर्श गर्छन् । र अर्को ढोका चिहाउँछन् ।”

म चुपचास उसका कुरा सुनिरहे । आवेगमा आएको अनुहारलाई शान्त पार्दै यसपाली उसले गम्भिर कुरा गरी ।

“तँ वफादार छस् । इमान्दार छस् । सज्जन छस् । अनुसाशित छस् । राम्रो छस् । त्यसैले मेरो प्रिय छस् । म यहाँबाट मुक्ति चाहन्छु । यो पेशा छोड्न चाहन्छु । घरगृशस्थी बसाउन चाहन्छु । पूर्ण नारी हुन चाहन्छु । त्यसैले, के त मलाई बिहे गर्छस् र?”

ढोकामा फेरि कोही आयो । केही नबोली भित्र छिर्यो । उसले कुनै बार्गेनिङ गरेन । आइमाइले सिसाको घर्रा बन्द गरी । र पर्दा सारी ।

पल्याकपुलुक्क हेर्दै ऊ तन्नातिरै लम्क्यो । उत्सव मनाउँने अभियानमा आएको ऊ उत्सवलाई महोत्सवमा रुपान्तरण गर्ने सुरमा छ ।

उसले तन्ना मिलाउन लागि र आफ्नो तयारी पनि । म बाहिर निस्के ।