”जनताको ईच्छा बिपरित पुल बन्न सक्दैन”सिंह

0 0


नेपालदृष्टि । मोरंग जिल्लाको रतुवामाई नगरपालिका वडा नं.३ हुलाकी मार्ग अन्तर्गत चौकीघाट स्थित अलपत्र परेको निर्माणाधिन रतुवा खोलाको पुलको पुननिर्माण कार्य हुने भएको छ । यसै क्रममा मोरङ क्षेत्र नम्बर-२ क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारका रक्षा मन्त्री डा।मीनेन्द्र रिजाले प्रत्यक्षरुपमा स्थगल निरिक्षण गरि एक हप्ताभित्र काम सुरु गर्ने प्रतिवद्धता जनाउँनु भएको छ ।

यसैक्रममा प्रदेश माननिय शिवनारायण गनगाँई, रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राई, गौरादह नगरप्रमुख रोहित शाह, गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको टोलीले उक्त योजनाको पहलका लागि गर्नु पर्ने आ आफ्नो जिम्मेवार बहन गर्नु भयो ।

“अहिले जति बनाएको छ, त्यतिनै बाट यसलाई अगाडि वढाए पुलको पुननिर्माणको काम अघि वढ्न सक्छ । अरु थप्ने,यसो गर्छु उसो गर्छु भन्नु चाहि अलमलाउँनु सिवाय अरु केही होइन । पुलको पुननिर्माणको बारेमा प्रदेश माननिय शिवनारायण सिंहले बताउँनु भयो ।

किन यसरी पुल अलपत्र पह्यो भन्ने विषयलाई लिएर हुलाकी सडक डिभिजनका कार्यालय प्रमुख बिजय थापा, जनताका तटबन्ध फिल्ड कार्यलय १ गैंडे झापा कार्यलय प्रमुख रुपनारायण अधिकारी, एडिबिका प्रतिनिधिहरुलाई एकैसाँथ राखेर मन्त्री रिजलले परार्मश राख्नु भएको छ । अन्ततः निश्कर्षमा पुल सम्झौता अनुरुपकै मापदण्डमा बन्ने भएको छ ।
 
यसै क्रममा प्रदेश माननिय शिवनारायण सिंहसँग भएको कुराकानीको भिडियो हेर्नुहोला :