“एडिबिले पुलकोलागि साढे ३ करोड लगिसकेको छ ”-वडा अध्यक्ष सिंह

0 0


नेपालदृष्टि । मोरंग जिल्लाको रतुवामाई नगरपालिका वडा नं.३ हुलाकी मार्ग अन्तर्गत चौकीघाट स्थित अलपत्र परेको निर्माणाधिन रतुवा खोलाको पुलको पुननिर्माण कार्य हुने भएको छ । यसै क्रममा मोरङ क्षेत्र नम्बर-२ क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारका रक्षा मन्त्री डा.मीनेन्द्र रिजाले प्रत्यक्षरुपमा स्थगल निरिक्षण गरि एक हप्ताभित्र काम सुरु गर्ने प्रतिवद्धता जनाउँनु भएको छ ।

यसैक्रममा प्रदेश माननिय शिवनारायण गनगाँई, रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राई, गौरादह नगरप्रमुख रोहित शाह, गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको टोलीले उक्त योजनाको पहलका लागि गर्नु पर्ने आ-आफ्नो जिम्मेवार बहन गर्नु भयो ।

“आज भन्दा ११ बर्ष अगाडि विजयकुमार गच्छेदारले यो पुलको शिलान्यास गरेका थिए । त्यहाँ देखि धेरैले यो पुल बनाउँछु भने, तर अहिले सम्म बन्न भने सकेको छैन ।” अव पनि पुल तुरुन्तै बन्न नस्कने कुरा रतुवामाई नगरपालिका वडा नं.३ का वडा अध्यक्ष बुलनदेव प्रसाद सिंहले बताउँनु भयो ।

किन यसरी पुल अलपत्र पह्यो भन्ने विषयलाई लिएर हुलाकी सडक डिभिजनका कार्यालय प्रमुख बिजय थापा, जनताका तटबन्ध फिल्ड कार्यलय -१ गैंडे झापा कार्यलय प्रमुख रुपनारायण अधिकारी, एडिबिका प्रतिनिधिहरुलाई एकैसाँथ राखेर मन्त्री रिजलले परार्मश राख्नु भएको छ । अन्ततः निश्कर्षमा पुल सम्झौता अनुरुपकै मापदण्डमा बन्ने भएको छ ।

यसै क्रममा वडा अध्यक्ष बुनलदेवसँग भएका कुराकानीको प्रत्यक्ष भिडियो :