“कपरसुका च्यालेञ्ज कप २०७८” समापन

अभिशेक नेपाल

0 0


नेपालदृष्टि । “कपरसुका च्यालेञ्ज कप २०७८” यहि मिति २०७८/०७/१० गते बाट मिति २०७८/०७/१९ गते सम्म बिरानमुनि युवा समाज रतुवामाई -६  द्वारा आयोजित कपरसुका च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिता २०७८ सम्पन्न भएको छ । नगर प्रमुख रविन राईको उपस्थितिमा खेलको समापन गरिएको थियो ।

कपरसुका च्यालेञ्ज कप २०७८को अन्तिम खेल त्रिभुवन युवा क्लब ,रतुवामाई विरुद बरगाछि फुटबल क्लब ,उर्लाबारि बिच भएको थियो  । बरगाछि फुटबल क्लबले ३-० को अग्रताले ऊपधि हात पारेको हो । बरगाछिको लागि जंग खडकाको १ गोल र सुमन लिम्बुको २ गोलको मद्धतले बरगाछि प्रतियोगिताको शिर्ष टोलि हुन सफल भएको हो ।

कपरसुका च्यालेञ्ज कप २०७८को अन्तिम खेल त्रिभुवन युवा क्लब ,रतुवामाई विरुद बरगाछि फुटबल क्लब ,उर्लाबारि बिच भएको खेलको म्यान अफ द म्याच बरगाछिका सागर लिम्बु घोषित भए ।

प्रतियोगितामा सर्वाधिक अनुशासित टिमको उपाधि  सिद्धार्थ युवा क्लब ,रतुवामाई ६ लाई प्रदान गरिएको थियो । प्रतियोगिता भरि सर्वाधिक ४ गोल गर्दै त्रिभुवन युवा क्लबका ईस्लाम खान सर्वाधिक गोलकर्ताको पुरस्कार बाट पुरस्कृत हुनुभयो ,यसैगरि  MAN OF THE SERIES  को उपाधि त्रिभुवन युवा क्लबका सागर राई घोषित हुनुभयो ।

जारि प्रतियोगिता भरि आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेका बरगाछिका गोलकिपर हरि संखर प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक घोषित भए ।