भोली कपरसुका च्यालेन्ज कप २०७८ को अन्तिम खेल

0 0


नेपालदृष्टि । बिरानमुनि युवा समाज द्वारा आयोजित कपरसुका च्यालेन्ज कप २०७८, नकआउट फुटबल प्रितियोगितामाको भोली कात्तिक १९ अन्तिम खेल हुने भएको छ । जसमा बरगछि फुटबल कल्ब उर्लावारि र त्रिभुवन युवा कल्ब रतुवामाईले अन्तिम खेल भोलि खेल्ने छ ।

 मिति २०७८र०७र१७ गते आयोजित दुई सेमिफाईनल खेलमा बरगछि फुटबल कल्ब,उर्लावारि र त्रिभुवन युवा कल्ब तुवामाईले फाईनलमा स्थान बनाएका थिए ।

हिजो खेलिएको पहिलो खेलमा उर्लाबारिले आयोजक बिरानमुनि युवा समाजलाई १-० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेस गरेको हो  । यसैगरि दोस्रो सेमिफाईनलमा त्रिभुवन युवा कल्ब,कदुपाडाले अमरदह स्पोर्टिङ कल्बलाई १-० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्र तय गरेको हो  ।