दाम्राभिट्टा बजारमा बृक्षारोपण कार्यक्रम सम्पन्न(भिडियो सहित)

0 0


नेपालदृष्टि । नगर,बस्ती भौतिकरपले मात्रै विकास पेग्दैन,यसलाई सफा र स्वच्छ वातवरणको पनि उत्तिकै महत्व हुन्छ । यसै कुरालाई मध्यनजर राख्दै “सफा र सुन्दर दाम्राभिट्टा बजार”को नारा सहित बजार सरसफाई तथा बृक्षारोपण कार्यक्रम दाम्राभिट्टा बजारमा भब्यरुपमा सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईले ठुलो गमलामा विरुवा रोपेर उद्घाटन गनुभयो ।

सोही अवसरमा वडा नं. ८ का वडा अध्यक्ष नन्दकुमार चापागाँईले बजारको सुन्दरता,स्वच्छन्दतामा प्रत्यक्षरुपमा बृक्षारोपण कार्यक्रमले अझ दाम्राभिट्टा बजारलाई सुन्दर र सभ्य बनाउँने कुरा बताउँनुभयो । 
बजारलाई हरियाली, सुन्दर, सभ्य तथा स्वच्छ वातवरण बनाउँने प्रयासमा आज सबैको सहयोगले कार्यक्रम सफल भएको कुरा उक्त कार्यक्रमका अध्यक्ष राजु सापकोटाले बताउँनुभयो ।

उक्त बृक्षारोपण कार्यक्रमको पूर्ण जानकारीको लागि प्रस्तुत छ प्रत्यक्ष भिडियो ।