दुुर्गा माविको छात्रबृति,एसइई,र सांस्कृतिक कार्यक्रमको एक झलक 

0 0


नेपालदृष्टि । श्री दुर्गा माध्यामिक विध्यालय दाम्राभिट्टाले विभिन्न स्मृति अक्षय कोषबाट छात्रबृति वितरण, एसइई बिदाई तथा सांस्कृति कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयमा स्थापना गरिएका ४ वटा अक्षय कोषहरुबाट वितरण गरिने बिभिन्न छात्रबृति र एसइई २०७७ मा सहभागि भई विद्यालयबाट बिदाई भई जाने विद्यार्थीहरुलाई रतुुवामाई नगरपालिका–वडा न.८ का अध्यक्ष नन्दकुुमार चापागाँईले पुरस्कार वितरण गर्नुभयो ।  

विद्यालयको शैक्षिकसत्र २०७८ मा विद्यालयमा अध्यायन गर्न आउँने नव विद्यार्थीहरु र विद्यालयमा सरुवा भएर आउँने शिक्षकहरुलाई बिद्यालयका प्रधान अध्यापक जीतबहादुर कटुवालले उक्त कार्यक्रममा स्वागत गर्नु भएको थियो । यसै अवसरमा हिन्दुहरुको महान चार्ड वडा दशैंको शुभकामना आदान प्रदान हुनुको साँथै बिद्याथीहरुले विभिन्न नृत्य गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए ।   

उत्त कार्यक्रमको प्रत्यक्ष भिडियोको एक झलक :