आज बस्ने बैठकमा एमालेले किन अवरोध गर्ने ?

0 0


नेपालदृष्टि । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक नेकपा (एमाले) ले अवरोध गर्ने भएको छ । यसअघि पनि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज बस्ने बैठकपनि आफूहरुले अवरोध गर्ने जनाए ।

एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा पनि नाराबाजी गर्दै आएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। एमालेले माधव नेपालसहित १४ जना सासदलाई गरेको कारबाही सदर नगरेसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । - रिपोर्टर्स नेपाल