जितिया पर्वको महत्व र पहिचान

1 0

नेपालदृष्टि । तराईमा अहिले जितिया पर्वको रौनक र उल्लास छ । खासगरी यो पर्व विवाहिता थारु महिला र आमाहरुको लागि बढी महन्त्व राख्छ । सांस्कृतिक सम्पदाहरूको धनी थारु समुदायले शिरुवादेखि फगुवासम्म  अर्थात वैशाखदेखि चैतसम्मम बाह्रै महीना प्रकृतिलाई आधार बनाएर आफ्नो सांस्कृतिक चाडबाडहरु मनाउँदै आएका छन्।

महिलाहरुले ब्रत बसी विहानै स्नान गरी घिरौलाको पातमा मिठाई, दही, पिना र तेल राखेर सन्तानको जीवन रक्षाको कामना गर्दछन्।जितिया पर्वको दिन व्रतालु महिलाले जितवाहनको कथा श्रवण गर्दछन् । भोलि उपबास बस्ने र पर्सी जितुवान भगवानलाई केराको पातमा भिक्षा, चिउरा, दही चढाउने गरिन्छ ।

संस्कृतिको पहिचान र संस्कृतिको प्रतिधिनित्व कायम गर्दैं आउका यी पर्वहरुले थारु समाजसँगै तराइका अन्य समुदायहरुले पनि विस्तारै ग्रहण गर्दै आइरहेका छन्। खासगरी जितियालाई मिथिलाञ्चलमा पनि धुमधामले मनाउने गरिन्छ।उनीहरुले जितियालाई अनुसरण गर्दै सांस्कृति महत्वको पर्वको रुपमा स्वीकार गरिसकेका छन्।

परिवारिक सुख, शान्ति र सन्तानको दिर्घायूको कामना गर्दै विवाहिता महिलाले यो पर्व मनाउने गर्दछन् ।तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।तराइ-मधेशको पर्वहरु शिरुवा, अखारही, रैब, जितिया लगायतका  निष्ठापूर्वक मनाइने पर्वहरु परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि, सन्तानको दीर्घायुको कामना सहित मनाउने गरिन्छ। यी पर्वहरुले लोकसँग साइनो गाँसेर जुन पक्षको संरक्षण र सम्माकन स्थापित गरेका छन्। यसले मूलतस् समाज र लोकहितकै पक्षमा महत्वपूर्ण योगदान मात्रै गरेका छैनन् संस्कृतिको पहिचान र संस्कृतिको प्रतिधिनित्व कायम गरिरहेका छन् ।