विनियोजन विधेयक–२०७८ बहुमतले पारित

२०७८ भाद्र २९, मंगलबार

0 0


नेपालदृष्टि । आजको संसद बैठकले अर्थमन्त्री जनार्दन शर्माद्धारा प्रस्तुत विनियोजन विधेयक–२०७८ बहुमतले स्वीकृत भएको छ ।

एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न सभामखु अग्नीप्रसाद सापकोटाले समय दिएका थिए ।

अर्थमन्त्रीले शर्माले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि नाम टिपाउन आग्रह गरेका थिए । छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए । सभामुख सापकोटाले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको हो ।   - दृष्टि न्यूज