कवियत्री वविताको “सेतो कात्रो”कविता भिडियोमा 

0 0


नेपालदृष्टि । समाज र जीवनका आन्तरिक तथा बाह्य यथार्थलाई कलात्मक भाषाशैलीद्वारा अभिव्यक्त गर्दा साहित्यको जन्म हुन्छ । साहित्यका पनि कविता, नाटक, आख्यान, निबन्धजस्ता विविध विधाहरू छन् । यी विधिहरूमध्ये कविता अत्यन्त प्राचीन मानिन्छ । 

विश्व साहित्यमै यो विधा समृद्धशाली देखिन्छ । यो विधा मुक्तकदेखि महाकाव्यसम्मका स्वरूपमा रचिन्छ । मूलतः कविता विधा लेखकीय कथनका प्राधान्यमा पद्य-गद्य कवितासमेतका लयात्मकताका आधारमा परिचित हुन आउँछ । भने अहिले कविता हेर्ने र सुन्ने स्वरुपमा आएको छ । यो आधुनिक कविताको नयाँ रुप मान्न सकिन्छ ।

यसैक्रममा कवियत्री बविता खत्रीले पद्यात्मक कवितालाई लय बद्ध बाचन गरेकी छन । प्रस्तुत छ तृष्णा फिल्मस्ले तयार पारेको प्रत्यक्ष भिडियो